ताजा समाचार:
Search

म्याग्दीमा थप एकजनामा काेराेना पुष्टि, संक्रमित संख्या ३ पुग्याे

विकल्प न्युज / बेनी

जेठ २७ गते । म्याग्दी मा थप एकजनामा काेराेना भाईरस पुष्टि भएको छ ।

बेनि नगरपालिका वडा नम्बर ३ भकिम्लिका  ४६ वर्षिय एक पुरूषमा काेराेना पुष्टि भएकाे स्वास्थ्य निर्देशनालय पाेखरालेे विज्ञप्ति मार्फत जनाएको छ ।

हालै मात्र भारतबाट अाएका उनी म्याग्दी क्याम्पस काे क्वारेन्टाइन मा थिए ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएको काेराेना परिक्षणमा पाेजेटिभ अाएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारि दिनुभयाे ।

संक्रमित पुरूषकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ । उनलाई  बेनी काे खुल्ला मन्चकाे शैक्षिक तालिम केन्द्रकाे भवनमा बनाईएकाे काेराेना विशेष अाईसाेलेशन कक्षमा लैजाने तयारि गरिएको बेनी अस्पताल विकास समिति का अध्यक्ष बेल बहादुर कटुवालले बताउनु भयाे । म्याग्दी मा याे संगै संक्रमित काे संख्या तीन पुगेकाे छ ।

उनिहरू सबै भारतबाट अाएका हुन । भरतिय सिमाबाट उद्दार गरेर बेनि स्थित क्वारेन्टाइन मा राखिएकाे थियाे । अझै १५ जनाकाे रिपोर्ट अाउन बाकि छ ।