ताजा समाचार:
Search

दलित युवा सञ्जालको अध्यक्षमा किसान विश्वकर्मा

विकल्प न्यूज/बेनी
जेठ २५ गते ।
म्याग्दीमा दलितहरु माथि हुने विभेदको न्युनिकरण गर्न तथा दलित अन्दोलनलाई शशक्त रुपमा संञ्चालन गर्नका लागि दलित युवा सञ्जाल पुर्नर गठन गरिएको छ ।

किसान विश्वकर्मा संयोजकत्वमा गठित समितिको सदस्यमा भोजबहादुर थापा किसान, कुमार किसान, विरेन्द्र साहि किसान, मिना किसान, राजकुमार परियार, याम विश्वकर्मा, अमित विश्वकर्मा, पदम विश्वकर्मा, अभिषेक किसान र सुबाश खाति रहेको समितिका सदस्य कुमार किसानले जानकारी दिनुभयो ।

दलितहरुले खोप्नु परेको पीडा, दलित लाई गरिने विभेद, अन्याय, अत्याचारको विरुधमा जिल्लामा भित्र कृयाशिल भएर काम गर्ने पतिबद्दधता जनाएको छ ।

दलित युवा संञ्जालका केन्द्रीय अध्यक्ष पुस्कर विश्वकर्मा उपस्थितीमा गठित सञ्जालको सल्लाहकारमा लालु किसान, सुभाव विश्वकर्मा, मनकुमारी विश्वकर्मा, र याम किसानलाई चयन गरिएको समितीले जनाएको छ ।