१६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कुल संख्या १,५६७ पुग्यो

विकल्प न्युज / बेनी

जेठ १८ गतेे । 

नेपालमा आज (आईतवार) एकैपटक १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,५६७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नेपालमा एकैदिन १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

आज थप १ जना स्वास्थ्योपचार पतिछ निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार परीक्षणको दायरा बढेसँगै नेपालमा संक्रमितहरुको संख्या पनि तीव्र गतिले बढी रहेको छ ।
शनिवार मात्रै पनि नेपालमा १८९ जना कोरोना संक्रमित थपिएका थिए भने १९ जना निको भएर घर फर्किएका थिए ।

अहिलेसम्म नेपालको क्वारेन्टाइनमा रहेकाहरुको जम्मा संख्या १ लाख १९ हजार १९२ रहेको छ भने देशभरको आइसोेलेसनमा रहनेको संख्या १ हजार ३४९ रहेको छ ।

नेवालको रेड जोनमा अहिलेसम्म ४७० जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।