उचाई नाप्न सगरमाथाको चुुचुरोमा पुग्यो चिनियाँ टोली

ठ १४, २०७७ काठमाडौं :

सगरमाथाको उचाई नाप्न चिनियाँ टोली सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको छ।  चिनियाँ प्राविधिकसहितको जम्बो टोली सगरमाथामा शिखर पुगेको हो।

चीनपट्टीको क्षेत्र हुँदै उनीहरु सगरमाथा पुगेका हुन्। सर्भेयर टोलीले ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसिभर, गुरुत्वाकर्षण मापनका लागि ग्राभिमिटर, स्नो डेफ्थ राडर र मेट्रोलोजिकल मेजरिङ इन्स्ट्रुमेन्टको प्रयोग गरी चोमोलङमा (सगरमाथा)को उचाईको पुनः मापन गर्ने छन्। यो सर्भेमा बेइतोउ–३ नेभिगेसन स्याटेलाइट सिस्टमको प्रयोग गरिने छ।

त्यस्तै एयरबर्न ग्राभिमिटर र थ्री डी इन्ट्र्याक्टिभ भर्चुअल रियालीटीको प्रयोग हुनेछ। नेपालले गत वर्ष नै सगरमाथाको उचाई परीक्षण गरेको थियो। यद्यपि, त्यो प्रतिवेदन सार्वजनिक गरिएको छैन। thha khabar