बेनी जोमसोम सडक खण्डको वैसरीमा एम्बुलेन्स दुर्घटना

विकल्प न्यूज/बेनी
जेठ ४ गते ।

जेठ ४ गते । बेनी जोमसोम सडक खण्डको बैसरीमा आइतवार दिउसो एम्बुलेन्स दुर्घटना भएको छ । जोमसोमबाट पोखरा जाँदै गरेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडक देखि तल कालिगण्डकीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । उद्धारका लागि प्रहरी निरिक्षक ध्रुव शर्माको टोली घटना घटनास्थलमा पुगेको छ ।

अहिले उद्धारको प्रयास भएको छ । उहाँका अनुसार कालिगण्डकी नदीको विच भागमा एम्बुलेन्सको केही भाग मात्र देखिएको छ । एम्बुलेन्समा चालक मात्र रहेको उहाँले बताउनुभयो ।

एम्बुलेन्सको केही भाग कालिगण्डकी नदीमा देखिएको घटना स्थलमा रहेका हरिकृष्ण आचार्यले जानकारी दिनुभयो । दुर्घटनाको थप विवरण आउन वाँकी रहेको छ ।