वीरगन्जमा थप एक जनामा कोराना संक्रमण देखियो

विकल्प न्युज / बेनी

बैशाख २१ गते । 

वीरगन्जमा आइतबार थप एकजनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नेपालमा योसहित  संक्रमितको संख्या ६० पुगेको छ।

यसअघि वैशाख १७ मा वीरगन्ज महानगरपालिका २ छपकैयाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो ।  वैशाख १४ मा पनि वीरगन्ज १६ इनर्वाका ५५ वर्षीय र वीरगन्ज ३ छपकैयाका ४९ वर्षीय गरी २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसअघि चैत ३० मा वीरगन्ज २ छपकैयाको मस्जिदमा बसेका तीन भारतीय मुस्लिम जमातीमा पनि कोरोना संक्रमण भेटिएको थियो । वीरगन्जमा भेटिएका संक्रमीतको सम्पर्कमा रहेकाको कन्टयाक्ट ट्रेसिङ गर्ने क्रममा केही शंकास्पद व्यक्तिको शुक्रबार स्वाब संकलन गरी काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

काठमाडौंबाट आइतबार दिउँसो नारायणी अस्पताललाई प्राप्त रिपोर्टअनुसार वीरगन्ज ३ छपकैयाका ३६ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएपछि ती संक्रमीतलाई आइतबार दिउँसो एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको छ । तर नारायणी अस्पतालले भने यसको आधिकारीक पुष्टि गरेको छैन।

अस्पताल श्रोतका अनुसार आइतबार भेटिएका संक्रमित पुरुष राहत वितरणका लागि वडा नम्बर ३ मा गठन गरिएको सर्वदलीय समितिका सदस्य पनि हुन्। यसअघि वैशाख १४ मा कोरोना संक्रमण पुष्टि भएका वडा नम्बर ३ मा कार्यरत महानगरपालिकाका सरसफाइ कर्मचारीसँगै उनी पनि राहत वितरणमा खटिएको बताइएको छ ।

हालसम्म रोना संक्रमितमध्ये १६ जना निको भएर घर फर्किएका छन्। बाँकी ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सम्बन्धित अस्पतालले जनाएका छन्।  annapurmapost