ताजा समाचार:
Search

गलेश्वर मन्दिरबाट ठूलो परिमाण घोट्टा बरामद

विकल्प न्यूज/बेनी
फागुन ९ गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर धामबाट खानका लागि बनाएर राखेको ठूलो परिमाणमा घोट्टा प्रहरीले बरामद गरेको छ । शुक्रबार मन्दिर र गलेश्वरको आसपास क्षेत्रबाट प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा ठूलो परिमाणमा घोट्टा बरामद गरेको हो ।

दुधमा नसालु पदार्थ गाजाँ मिसाई बोत्तलमा प्याक गरि बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त स्थानहरुमा चेकजाँच गर्ने क्रममा मिनिरल वाटरमा प्याक गरि तयार पारिएको एकसय ३० लिटर घट्टा नियन्त्रणमा लिई नष्ट गरेको प्रहरी निरिक्षक तथा सूचना अधिकारी ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो ।