पिपलबोटका क्यान्सर पिडित फगामीलाई सहयोग नेपालको अगुवाईमा ४२ हजार बढी सहयोग

विकल्प न्यूज /बेनी

फागुन ९ गते

म्याग्दीको मंगला गाउँपालिका–५ पिपलबोटका क्यान्सर पिडित अर्जुनबहादुर फगामीलाई सहयोग नेपाल संस्थाको नेतृत्वमा आर्थिक सहयोग गरिएको छ । आर्थिक अभाबको कारण उपचार गराउनबाट बञ्चित हुनुभएका ५५ बर्षिय फगामीको उपचारमा सघाउन सहयोग नेपालले बावियाचौर बजारमा आर्थिक संकलन गरेको हो ।

बुधवार र विहिवार गरि दुई दिनसम्म बावियाचौर क्षेत्रमा संकलन भएको रु ४२ हजार ८ सय १५ रकम पिडित फगामीलाई हस्तान्तरण गरिएको संस्थाका सल्लाहकार सन्तोष गिरीले जानकारी दिनुभयो ।

सो सहयोग रकम पिडित फगामीकै घरमा पुगेर संस्थाका अध्यक्ष सविना अधिकारी, प्रमुख सल्लाहकार नारायण अधिकारी, संस्थाका सचिब उज्जल केसी लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

घरपरिवारको आर्थिक अबस्था कमजोर रहेकाले फगामीको उपचारमा समस्या भैरहेको छ । फेवा सिटी अस्पताल हुँदै विपि कोइराला क्यान्सर अस्पताल सम्म उपचारको लागि पुगेपनि आर्थिक अभाबले उपचार गराउन समस्या भैरहेको छ ।