पुतली सार्कीलाई विद्यार्थीको सहयोग

साजन परियार /बेनी
फागुन ३ गते ।  आर्थिक अभावका कारण गोठमा बस्न बाध्य पुतली सार्कीलाई वेष्ट प्वाइन्ट कलेजमा अध्ययनरत विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । बेनी नगरपालिका २ फापरखेतकी सार्कीलाई विद्यार्थीहरुले संकलन गरेको रकम र खाद्यन्न  हस्तान्तरण गरेका हुन ।

कलेजमा गठन भएको इन्फ्ल्युन्सियल ब्याचलर्स क्लब मार्फत नगद पाँचहजार,एकबोरा चालम,दाल र लत्ताकपडा सहयोग गरेका हुन । शनिबार सार्कीको घरमा पुगेर विद्यार्थीहरुले वडा अध्यक्ष हिराबहादुर थापाको उपस्थितिमा उक्त सहयोग गरेको क्लबले जनाएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा सहयोग अभियानका समायोजक भिम बहादुर पौडेलले सवैको सहयोगले नै सार्कीको दैनिकी सहज हुने बताउनुभयो । उहाँले सार्कीको घर निर्माणमा विभिन्न संघ सस्था ब्यक्तिलाई सहयोगको अपिल गर्नुभयो । बिरामी सार्की घर अभावका कारण गोठमा वस्दै आउनुभएको छ ।

क्लबका अध्यक्ष दिनेश कुमार बिश्वकर्माको अध्यक्षतमा भएको कार्यक्रमको स्वागत सहसचिव निरुता वुढाथोकी र सञ्चालन क्लबका प्रवक्ता साजन परियारले गर्नुभएको थियो ।