म्याग्दी र कालिको दोभानमा हेलिप्याड

विकल्प न्यूज/बेनी

फागुन ३ गते ।बेनी नगरपालिकाले कालिगण्डकी र म्याग्दी खोलाको दोभानमा हेलिप्याड निर्माण गरेको छ । बेनी नगरपालिकाको चालु आर्थिक वर्षको करिब सातलाख बजेटबाट उक्त पक्की हेलिप्याड निर्माण गरिएको हो ।

आकष्मीक विरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धारमा सहयोग पु¥याउन हेलिप्याड निर्माण गरिएको नगरपालिकाले जनाएको छ । हेलिप्याड बनाउन चारवटा पिल्लर बनाई माथि ढलान गरिएको छ । हेलिप्याडको लम्बाई र चौढाई साढे ६ मिटर रहेको नगरपालिकाका इन्जिनियर विमल रञ्जन कार्कीले जानकारी दिनुभयो ।

व्यवस्थित हेलिप्याड नहुँदा खुल्लामञ्चलाई प्रयोग गर्ने गरिएको थियो । खुल्लामञ्चलाई प्रयोग गर्दा धुलो उडेर बजार प्रदु्षण हुनुका साथै खेल भइरहेका समयमा समस्या हुने भएकाले खुल्ला मञ्चको तल्लोभागमा हेलिप्याड निर्माण गरिएको बेनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

खुल्लामञ्चमा खेलमैदान विस्तार भएकाले पनि विकल्पका रुपमा नदीकिनारमा हेलिप्याड बनाइएको उहाँले बताउनुभयो । स्थान अभावका कारण नदीकिनारमा हेलिप्याड बनाउनुपर्ने बाध्यता आएको उहाँले बताउनुभयो । प्राविधिक विषयमा पाइलट सँग जानकारी लिएर हेलिप्याड बनाइएकाले कुनै समस्या नआउने उहाँको भनाई छ ।