बुद्ध एकेडेमी,वेष्ट प्वाइन्ट,बेनी सामुदायिक र बेनी बोर्डिङ सेमिफाइनलमा प्रवेश

विकल्प न्यूज/बेनी
मंसिर १२ गते ।   बेनीमा जारी १८ औं जेसिज कप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ । बेनीको वेष्ट प्वाइन्ट,बुद्ध एकेडेमी,बेनी बोर्डिङ र बेनी सामुदायिक सेमिफाइनलमा प्रवेश गरेका हुन ।

विहिवार सम्पन्न क्वाटर फाइनलका खेलहरुमा जनप्रिय मावि दरवाङलाई बेनी सामुदायिकले १ का विरुद्ध ४ गोल, लोकदिप आवशिय माविलाई बेनी बोर्डिङले शून्यका विरुद्ध ५ गोल,वेष्ट प्वाइन्टले भिममावि देविस्थानलाई शून्यका विरुद्ध ७ गोल र केबी एकेडेमी दरवाङलाई बुद्ध एकेडेमी बगरफाँटले शून्यका विरुद्ध १ गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन ।यसैगरी शुक्रवार वेष्ट प्वाइन्ट र बेनी बोर्डिङ, बुद्ध एकेडेमी र बेनी सामुदायिक विच सेमिफाइनलको खेल हुने प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । शनिवार फाइनल खेल हुने छ ।

म्याग्दी जेसिजले आयोजनामा अन्तर मावि जिल्ला स्तरीय फुटबल प्रतियोगिता मंगलबार देखि बेनीमा सुरु भएको हो । प्रतियोगितामा २० विद्यालयले भाग लिएका थिए । 
विद्यार्थीहरुमा भएको खेल प्रतिभाको प्रस्फुटन गर्न जेसिजले हरेक वर्ष जेसिज कप फुटबल प्रतियोगिता आयोजना गर्ने अध्यक्ष खम थापाले बताउनुभयो ।
चन्दा सहयोग जुटाएर पनि खेललाई निरन्तरता दिएको उहाँले बताउनुभयो । प्रतियोगिताले फुटबलप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै क्षमताको विकास हुने विश्वास गरिएको उहाँले बताउनुभयो । https://youtu.be/BpBirhm0mEA

 

प्रतियोगितामा विजेतालाई ट्रफी, मेडल, प्रमाण९पत्रसहित ५१ हजार र उपविजेतलाई ट्रफी, मेडल, प्रमाण९पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कार रहेको छ
अनुशासित टिमलाई सात हजार सात सय ७७ रुपैयाँ रहेको छ । उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राइजिङ प्लेयर, उतकृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण९पत्र प्रदान गरिने म्याग्दी जेसीजका महासचिव सन्दिप खत्रीले बतानुभयो । https://youtu.be/BpBirhm0mEA

सामसुङ मोबाइलको अधिकृत विक्रेता नरेश मोबाइल सेन्टरले टाइटिल स्पोन्सर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष, प्रायोजकमा रारा हार्डवयर९रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको प्रतियोगिताका संयोजक हरि भण्डारीले बताउनुभयो ।