चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
जेठ २३ गते । यो हप्ता काठमाडौं आंतंकित रह्यो । ठाउँ ठाउँमा भएका विष्फोटन, ज्यानको हताहति र अनेकौं ठाउँहरुमा फेला परेका शंकास्पद बस्तुहरुको उपलब्धता र चर्चाले समाजमा संत्रास व्याप्त रह्यो ।
मारिनेहरु सबै आफ्ना कार्यकर्ता रहेको कुरा नेकपाका महासचिव विप्लवबाट सार्वजनिक भएको विज्ञप्तिमार्फत स्वीकारिएको छ । जो जो मारिए पनि नेपाली जनधनकै खति हो ।
राष्ट्रको नोक्सानी हो । नेकपाका कार्यकर्ता मारिएका हुनाले नेपालको क्षति भएन भन्न मिलेन ।
टाइमर मिलाउन नजानेका कारणले कार्यकर्ताहरु हताहत भएका हुन कि भन्ने शंका सुरक्षा संयन्त्रबाट गरिएको देखिन्छ । होला, सत्य त्यसै हुन सक्छ ।
तर गृहमन्त्रीले सदनमा दिएको जानकारीमा प्रयोग भएको भाषाले भनेजस्तो त्यो घटना सामान्य र राज्यले चासो वा जिम्मा लिनुपर्ने विषय नभएको भने होइन । कुचोले गर्नुपर्ने काम हावाले गरिदियो भनेजस्तो भाव गृहमन्त्रीको वक्तव्यमा भएजस्तो आभास हुन्थ्यो ।
जो मरे पनि देशका नागरिक मरे । जसको ज्यान गए पनि देशकै क्षति हो । विप्लव नेकपाका कार्यकर्ता मरेका हुनाले मुलुकले चासो चिन्ता लिनुपर्दैन भन्न मिल्दैन । को दुर्घटनमा प¥यो, को म¥यो, को जोगियो भन्ने कुरा प्राथमिकताको विषय होइन ।
ती विष्फोटकहरु लक्षित स्थानमा प्लान्ट भैदिएका भए अझ ठूलो जनधनको क्षति हुनसक्थ्यो कि ? “सर्वसाधारण होइन विप्लवका कार्यकर्ता मारिएका हुन” भनेर गृहमन्त्रीले सदनलाई जानकारी दिने मौका पो पाउँदैनथे कि ? परिणाम त जस्तो पनि हुनसक्थ्यो भन्ने कोणबाट विषयलाई लिनुपर्ने हो ।
सरकारको विगत एकबर्षे कार्यकाल उत्साहजनक रहेन । आम नागरिकले अब त केही हुन्छ कि भनेर आशागर्न मिल्ने परिस्थिति निर्माण भएन । सरकार त्यस मामलामा पूरै असफल भयो भन्नु आग्रह मानिदैन । होला प्रधानमन्त्रीले भनेजस्तो सरकारले धेरै राम्रा कामहरुको जग राखेको होला ।
परिणाम जनता र मुलुकको नजरमा पर्नेगरी देखिन समय लाग्ला । तर सर्वसाधारण जनताले हेर्ने, बुझ्ने र मूल्याङ्कन गर्ने तरिका फरक हुन्छ । धानको विरुवा रोपिएको आँखाले देखेपछि पो चार महिनापछि धान फल्ला भनेर पत्याउने हो । राम्रो फसल लाग्ला भनेर आशा गर्नसकिने हो ।
जनताका आँखाले देख्ने बुझ्ने गरी कुनै सकारात्मक काम भएको अनुभूति मुलुकले गरेको छैन । त्यसैले मुलुक सरकारको कार्यशैली, बोली व्यवहार र प्रदर्शनबाट निराश भएको छ ।
त्यही निराशाको कारणले विप्लव नेकपाका उग्र गतिविधिप्रति जनता मुखर आलोचनामा उत्रने अवस्थामा छैनन् । भालुको रिस खनियोमाथि भनेजस्तो अकर्मण्य राज्यलाई ठेगान लगाउने यसरी नै हो भन्ने भावनाको विकास समाजमा हुदै गएको छ ।
अ
वश्य, त्यसले समाधान दिदैन । सरकारलाई सही मार्गमा हिड्न अभिप्रेरित पनि गर्दैन । विप्लवको विद्रोहले सरकारलाई आफ्नो अकर्मण्यता ढाकछोप गर्ने अवसर मात्रै दिन्छ । सरकार स्वयमले आफुप्रति सहानुभूतिशील, सहयोगी र पक्षधर बन्ने वातावरण बनाउन नसकेको हुनाले जनतामा तिरस्कारभावको विकास गरेको छ ।
विप्लवले गर्ने विध्वंशात्मक गतिविधिबाट सरकारलाई कुनै हानिनोक्सानी हुने होइन, उल्टै समाजलाई नोक्सान पु¥याउँछ । तैपनि समाजले विप्लवको पीठ ठोक्दै छ । “भ्रष्टाचारीलाई ठोक” भनेर जनताले सार्वजनिक रुपमै आह्वान गरिरहेका छन् ।
जनताले भावावेशमा पीठ ठोक्दै छन् भन्दैमा क्रान्तिको नाममा समाजलाई आंतंकित बनाउने काम गर्नु गलत हो । जनताले सरकारलाई चेताउने गरी हान भनेका हुन् । आँखा चिम्लेर हिँड भनेका होइनन् । एन्सेल प्रकरणमा विप्लवको बमले एकजना निर्दोष सर्वसाधारणको ज्यान लियो ।
गल्ती सरकारले गरिरहेको थियो, अदालतले गरिरहेको थियो, एन्सेलले गरेको थियो तर घानमा पर्नुप¥यो सर्वसाधारण नागरिकले ! त्यसबाट कस्तो न्याय स्थापित भयो ? जनकारवाहीको कस्तो उदाहरण स्थापित भयो ? जनतालाई नोक्सान पु¥याउने कार्यवाहीको औचित्य के रह्यो ? जनता मार्ने पनि क्रान्तिकारी कर्म हुन्छ र ? “सुत्केरीको निह्ँु पारी टाउको मैले खाएँ” भनेजस्तो एन्सेललाई करछलीवापत साजायँ दिने नाममा सर्वसाधारण वटुवाको ज्यान लिनु अपराध होइन ? मानिसको अनाहकमा ज्यान लिएपछि क्षमा माग्नुको के अर्थ रहन्छ ? विप्लवको चार अक्षरको क्षमायाचनाले मृतकको ज्यान फर्कन्छ ? उनका परिवारजनको दुःख, पिडा र समस्या टर्छ ? ज्यानको क्षतिखति दुई अक्षरको गोहीको आँसुले पूर्ति हुन्छ ? अवश्य हुदैन । कसैको अनाहकमा ज्यानलिनु, अङ्गभङ्ग गराउनु, धनमालमा हानिनोक्सानी पु¥याउनु जघन्य अपराध हो ।
विवेकहीन भनिएको सरकारले पनि ज्यानखत वापत जन्मकैदको सजायँ दिन्छ ? जनताका पक्षधर भनिएका क्रान्तिकारीहरुले लिने सर्वसाधारणको ज्यानवापत सजायँ पाउनु पर्दैन ? कसले दिन्छ न्याय ? कसले भोग्छ सजायँ ? जनताका छोरीछोरीको मृत्यु वेवारिसे कुकुरको मराईभन्दा पनि महत्वहीन बनाउने कार्य पनि जनवादी हुन्छ ? जनता मरेवापत सजाय भोग्न विप्ल अवश्य तयार हुनेछैनन् । किनकि क्रान्तिको नाममा मान्छे मार्ने ठेक्का उनलाई प्राप्त छ । सरकारले उनलाई कारवाही गर्न सक्तैन ।
सरकारी दण्डबाट जोगिए पनि जनताका आँसुले क्रान्तिकारीहरुलाई पोल्दैन ! अपराधबोध गराउँदैन ! यदि त्यस्तो मानवीय समवेदना छैन भने देश, जनताको लागि लड्दै गरेका हुन भनेर कसरी मान्ने ? जनता मार्दै हिँडेर जनपक्षधर भएको दावी गर्न लाज मान्नु पर्दैन ? सरकारलाई तर्साउन जनतालाई आतंकित बनाउने र जनधनको क्षति गराउने कार्य विकेकहीन बर्बरता होइन कसरी भन्न सकिन्छ र ?
संविधान जनपक्षीय बन्न सकेन, व्यवस्था राम्रो भएन, सरकारको नियत र चरीत्र शुद्ध देखिएन । ती सबैमा आमूल सुधारको आवश्यकता छ । सत्ता सजिलै रुपान्तरित हुदैन । उसलाई रुपान्तरित हुन्छ वाध्य पार्नुपर्छ । बलप्रयोग गरेरै भए पनि ठाउँमा ल्याउनुपर्छ ।
बलप्रयोग अन्तिम विकल्प हो । हरक्षण खुकुरी र बन्दुक नचाउनु अभद्रता मात्र होइन बर्बरता पनि हो । रुपान्तरणको लागि चलाइने अभियान बनिबनाउ हुदैनन् । समय परिस्थिति अनुसार योजना बनाउने र कार्यान्वयन गर्नुपर्ने हुन्छ । सामाजिक क्रान्तिको कार्यक्रम बजारमा किन्न पाइने जिनिस होइन । कितावमा लेखिएका नीति सिद्धान्त र कार्यक्रमहरु सर्वकालिक हुदैनन् ।
सबै परिस्थितिमा एउटै कार्यक्रम उपयुक्त हुदैन । नेपालको सन्दर्भमा सशस्त्र विद्रोहको प्रयोग भैसकेको हो । यदि त्यसलाई असफल मान्ने हो भने हिजो प्रचण्डको नेतृत्वमा असफल भएको नीति विप्लवको नेतृत्वमा सफल हुन्छ भन्नु महामुर्खता हो ।
त्यो बाटो त गलत सावित भैसक्यो । क्रान्ति नै गर्ने हो भने समयसापेक्ष नयाँ दृष्टिकोण आउनु प¥यो । माक्र्सले देखाएको बाटो लेनिनलाई काम लागेन । लेनिनले अख्तियार गरेको क्रान्तिको बाटो माओको चीनका लागि उपयुक्त भएन, माओको बाटो नेपालका लागि फिट भएन भने प्रचण्डको नेतृत्वमा असफल भएको क्रान्तिमार्गबाट विप्लवले सफलता हासिल गर्छन् भनेर कसले पत्याउँछ ? विप्लवनीतिमा कुनै नयाँपन देखिएको छैन ।
काशी जानु कुतिको बाटो भनेजस्तो कही नपुगिने यात्रामा मुलुकको युवाशँिक्तलाई कुदाउनु अपराध हो । हो समाज कुण्ठित छ, युवाशक्तिमा छटपटी छ, समाजले नयाँ व्यवस्थाको खोजी गरिरहेको छ तर समाजको त्यही मनोविज्ञानको गलत प्रयोग गर्नु कसरी ठिक हो भनेर समर्थन गर्न सकिन्छ ?
कुकुरलाई हान्नखोज्दा ढुकरलाई लाग्यो भनेजस्तो सर्वसाधारणको ज्यान लिएर क्षमायाचनामा दुइचार शब्द विप्लवले खर्चनु र गृह मन्त्रीले सदनमा सर्वसाधारण नागरिक होइन, विप्लव नेकपाका कार्यकर्ता मरेका हुन भनेर दिएको जानकारीको भाव र भाषा उस्तै उस्तै हो ।
ती दुबैथरी अभिव्यक्तिमा समवेदना, मानवता र कर्तव्यको आत्मबोध अनुभूत हुदैन । सरकार गलत बाटोमा छ, विद्रोहीहरु प्नि सही बाटोमा छैनन् । सरकार अकर्मण्य भयो भने जनताले विरोध गर्नसक्छन् । अर्को निर्वाचनमा बदल्न सक्छन् तर विप्लवले गलत बाटो समाते भनेर जनताले भन्न सक्तैनन् । भन्न बोल्न पाउँदैनन् । गल्ती औल्याउनेहरु प्रतिक्रियावादी ठह¥याइन्छन् ।
क्रान्ति जनताले गर्ने हो । जनता सुधारको पक्षमा छन् तर हिंसाको पक्षमा छैनन् । त्यसैले सशस्त्र विद्रोहको समर्थन जनताले गर्दैनन् । रुपान्तरणको अभियान गलत भयो भनेर क्रान्तिकारीहरुको नेतृत्व जनताले फेर्न सक्तैनन् । क्रान्तिको नाममा विप्लवहरुले जति नै गलत काम गरेपनि बोल्न मिल्दैन । जहाँ आलोचनाले सम्मान पाउँदैन त्यहा सुधारको सम्भावना रहँदैन ।
ढिलो चाँडो वार्ता होला, सुलह सम्झौता होला । जनताको अपेक्षा भनेको चाडै समाधान निस्कोस् भन्ने हो । त्यतिखेरसम्म निकै ढिलो भैसक्छ कि भन्ने चिन्ता हो ।
धेरै जनधनको क्षति भैसक्ने पो हो कि भन्ने शंका हो । विप्लव र सरकारबीच एकदिन सम्झौता हुनेछ । त्यसको विकल्प छँदैछैन । त्यतिखेर पनि सत्तामा पुग्ने अवसर पाउने मुठ्ठिभर नेताहरु नै हो । त्यो भन्दा बढी उपलब्धि अरु हुने होइन ।
यतिखेर प्रचण्ड मण्डलीको ठाँटवाँट देखेर मुर्मुराएर विद्रोहमा सामेल हुनेहरुले फेरि दोश्रोचोटि धोका खानेछन् । हुनेकुरा त्यही हो । यतिखेर विद्रोहमा संलग्न हुनेहरूले युद्ध जित्ने होइनन् । तिनीहरुको परिश्रम पसिनाले थप दुईचार दर्जन नेतालाई सत्तामा पु¥याउने मात्र हो ।
कमसेकम विप्लव विद्रोहले समाजको आमूल रुपान्तरण गराउने छैन । हरेक कामको लागि सही औजारको आवश्यकता पर्छ । जति नै धारिलो भए पनि बञ्चरोले ढुङ्गा फोर्दैन । विप्लवको कार्यनीतिले पार्टीलाई अन्त कहीँ पनि पु¥याउँदैन । पु¥याउने अन्तिम गन्तव्य भनेको सत्ता साझेदारीमा मात्र हो ।
त्यसमा पनि प्रश्न उठ्छ कि यसपटक हुने सत्ता साझेदारी अघिल्लोपटकको जत्तिको प्रगतिशील होला कि नहोला ? सम्भवना अनेक हुन सक्छन् ।