नेपाली काँग्रेस ओखरबोटका सचिव नेकपामा प्रवेश

विकल्प न्यूज/बेनी
जेठ १४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मालिका गाउँपालिका ४ ओखरबोटमा वडा कमिटिको पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ । वैठकका अवसरमा नेपाली काँग्रेस ओखरवोट गाउँ कार्यसमितिका सचिव प्रेम सिउथानी काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नुभएको छ ।

सिउथानीलाई नेकपाका जिल्ला सदस्य रेशम जुग्जाली र गाउँपालिका कमिटीका अध्यक्ष बेगप्रसाद गर्बुजाले अविर लगाएर पार्टीमा भित्रायउनु भएको हो ।

वैठकका अवसरमा १७ सदस्यीय वडा कमिटीका पदाधिकारी र सदस्यहरुलाई जिल्ला सदस्य जुग्जालीले सपथ ग्रहण गराउनुभएको थियो ।

गाउँपालिका कमिटीका अध्यक्ष बेगप्रसाद गर्बुजा र ओखरबोटका वडाअध्यक्ष दिलिपकुमार शेरचनको उपस्थितिमा भएको वैठकको कमिटीका अध्यक्ष रेशम पुनको अध्यक्षता र सचिव गोविन्द कँडेलको सञ्चालनमा सम्पन्न भएको वैठकमा जिल्ला सदस्य जुग्जाली,पालिका कमिटि अध्यक्ष गर्बुजा र वडाअध्यक्ष शेरचनले मन्तव्य व्यक्त गर्नुभएको थियो ।