देउताभिर कपको उपाधी सुर्यमुखी युवा क्लबले जित्यो

बालकुमार फगामी /देविस्थान
जेठ १२ गते । मालिका गाउँपालिका ५ देविस्थानको मगरदाङमा बुद्ध जयन्तीको अवसरमा स्थानीय देउताभिर युवा क्लबले आयोजना गरेको वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधी सूर्यमुखी युवा क्लब घरथोकले जितेको हो ।

प्रतियोगिताको महिला फुटबलको उपाधी भने सामाखुसी फुटबल क्लब काठमाडौंले हात पार्न सफल भएको छ ।

विजेता समुहले ७५ हजार नगद , मेडल , प्रमाणपत्र र ट्रफि हात पारेका छन् । उपबिजेता बागलुङ जिल्लाको सोले युवा क्लब तमानले ४५ हजार नगद , मेढल र प्रमाणपत्र हात पारेको छ। यसै गरि सामाखुशी फुतबल क्लब काठमाडौंले १५ हजार नगद , मेडल प्रमाणपत्र र ट्रफि पाएको छ भने आयोजक देउताभिर युवा क्लब मगरदाङ उपबिजेतामा चित्त बुझाएको छ ।

विजेता समुहलाई वडा अध्यक्ष पिपला बुढा, सदस्य राजमती बुढा र स्थानीय समाजसेबी कुलबहादुर घर्तीले पुरस्कार वितरण गर्नुभएको थियो ।

मेलामा उठेको सहयोग रकमले देउताभिर युवा क्लबको खेलमैदान निर्माण गर्ने उदेश्य रहेको क्लबका अध्यक्ष दोरन फगामीले बताउनुभयो । जेष्ठ ५ गतेबाट सुरु भएको मेला ११ सम्पन्न भएको थियो ।