मालिका गाउँपालिकाको सबै वडामा मेलमिलाप केन्द्र स्थापनाको तयारी

विकल्प न्युज
दरवाङ , जेठ ११ गते । म्याग्दीको मालिका गाउँपालिकाको सबै वडामा मेलमिलाप केन्द्र स्थापनाको तयारी भएको छ ।
वडा स्तरमा हुने बिवाद निरुपण र मेलमिलाप कायम गर्न सहजिकरणका लागि ७ वटै वडामा केन्द्र स्थापना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।


वडा कार्यालय अन्तरगत केन्द्र स्थापना गर्न कार्यालय व्यवस्थापनका लागि आवश्यक सामग्री जुटाइएको र मेलमिलापकर्ताहरुलाई पुनताजकि तालिम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो ।

 

मेलमिलाप केन्द्र स्थापना भएपछि बस्ती स्तरमै विवाद निरुपण हुने र न्यायिक समिति, अर्धन्यायिक निकायमा मुद्दाको चाप कम हुने जनाइएको छ ।
बिहीबार देखि सुरु भएको ५ दिनसम्म सञ्चालन हुने तालिममा ४५ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ ।
तालिमको उच्च अदालत पोखराको बागलुङ इजलासका न्यायाधिश प्रकाश शिवाकोटी, जिल्ला अदालत म्याग्दीका न्यायाधिश राजकुमार कोइराला लगायतले सहजिकरण गर्नुहुने जनाइएको छ ।