जेठ १९ बाट बरंजामा धुले मेला लाग्ने

विकल्प न्यूज /बेनी
जेठ ९ गते । मंगला गाउँपालिकाको ४ बरंजाको थर्पुमा धुले मेला लाग्ने भएको छ । धुले मेला संरक्षण समितिले विहिवार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत मेलाको वारेमा जानकारी गराएको हो ।

बरंजाका ५४ कुरिया मगर समुदायले लाग्ने परम्परागत धुले मेला यहि जेठ १९ गते देखि २४ सम्म आयोजना गरिएको धुले मेला संरक्षण समितिका अध्यक्ष अर्जुन रोकाले जानकारी दिनुभयो ।

परम्परागत मौलिक लोकसंस्कृतिको जेर्गना र संरक्षण गर्न धुले मेलाको आयोजना गरिएको उहाँले बताउनुभयो । मगर समुदायको पर्व भएपनि पछिल्लो समय सवै जातजातिको साझा पर्वका रुपमा धुले मेलालाई लिने गरेको लोकदोहोरी तथा बाद्ययवादन संयोजक कुलदिप जुग्जालीले बताउनुभयो ।

मेलाका अवसरमा पुरुष तथा महिला भलिबल,बास्केटबल र ताराखेल प्रतियोगिताको आयोजना गरिएको खेलसंयोजक योगेन्द्र शेरचनले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार पुरुष भलिबलमा प्रथम र द्धितिय हुने क्रमश ७५ र ३५ हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै महिला भलिबलको प्रथमलाई ३० हजार र द्धितिय हुनेले १५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

बास्केट बल प्रतियोगिताको प्रथमलाई पचास हजार र द्धितियलाई २५ हजार रुपियाँ पुरस्कारको व्यस्था गरिएको खेल संयोजक शेरचनले जानकारी दिनुभयो ।

यसै गरी खुल्ला लोकदोहोरी गीत प्रतियोगिताको प्रथम हुनेलाई एकलाख र द्धितियलाई पचासहजार पुरस्कारको व्यवस्था गरिएको लोकदोहोरी तथा बाद्ययवादन संयोजक जुग्जालीले बताउनुभयो ।

मेलाालाई बरंजा निवासी हाल युकेमा वस्नुहुने हर्कराज रोकाले २० लाख रुपियाँ सहयोग जुटाउनुभएको आयोजकले जनाएका छन् । दोहोरी गीत र खेलकुद प्रतियोगितामा भाग लिन आउने सवैको निशूल्क नाम दर्ता गरिने व्यवस्था मिलाइएको धुले मेला संरक्षण समितिका सचिव लक्ष्मी बुढाथोकीले जानकारी दिनुभयो ।