निशूल्क शैक्षिक सामग्री सहयोग

विकल्प न्यूज/बेनी
माघ २२ गते ।
बेनी नगरपालिका १० पात्लेखेतको अनदेमा रहेको बराह आधारभूत विद्यालयलका विद्यार्थीहरुलाई एक व्यक्तिले निशूल्क शैक्षिक सामग्रीको व्यवस्था मिलाएका छन् ।

वाखेत घर भई हाल काठमाडौमा बसोबास गर्दै आउनुभएका भारतीय सेनाका सुवेदार प्रकाश पुनले विद्यालयका संस्थापक स्वर्गीय बुवा गम्मरबहादुर पुनको नाममा एक वर्षका लागि विद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउनुभएको हो ।

पुनको सहयोगमा मंगलबारदेखि एक वर्षसम्म विद्यालयमा अध्ययन गर्ने ९ जना बालबालिकालाई आवश्यक पर्ने कापी, कलम लगायत शैक्षिक सामग्री उपलब्ध गराइने प्रअ खड्गबहादुर खत्रीले बताउनुभयो । बढीमा १५ जनासम्मलाई सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएका पुनले यसअघि १५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।