ताजा समाचार:
Search

थकाली युवा परिवारद्धारा आगोलागी पीडितलाई सहयोग

विकल्प न्यूज/बेनी
पुस २३ गते । थकाली युवा परिवार बेनीले मालिका गाउँपालिका ५ जुग्जाको आगोलागि पीडित चेतनारायण शेरचनलाई राहत सहयोग गरेको छ । थकाली सेवा समिति बेनीको कार्यालयमा आयोजित कार्यक्रममा परिवारका अध्यक्ष दिलीप गौचन, उपाध्यक्ष तेजिन्द्र शेरचन लगायतले सोमबार शेरचनलाई परिवारको तर्फबाट १६ हजार ६०० रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । गत मंसिर ६ गते भएको आगोलागीबाट जुग्जा स्थित शेरचनको घर ध्वस्त भएको थियो ।