काठमाण्डौं/ बिकल्प न्युज
पुस २२ गते । सरकारी चिकित्सकहरुले आइतबार स्वास्थ्य मन्त्रालय घेराउ गरेका छन्।
कर्मचारी समायोजन अध्यादेश, स्वास्थ्य सचिव नियुक्ति र संघीयता अनुसारको संरचनाको विरोधमा उनीहरुले मन्त्रालय घेराउ गरेका हुन्। सरकारी चिकित्सक संघ नेपाल ९गोदान०को नेतृत्वमा उनीहरूले बिहान १० देखि ११ बजेसम्म मन्त्रालय घेराउ गरेका हुन् ।
कार्यक्रममा वीर अस्पताल, कान्ति बाल अस्स्पताल, परोपकार प्रसूति गृह लगायतमा कार्यरत चिकित्सकहरु सहभागी थिए । मन्त्रालय घेराउ कार्यक्रममा संघका अध्यक्ष डा। दिपेन्द्र पाण्डेले सरकारले चिकित्सकलाई विभेद गरेको भन्दै आफ्ना मागहरु पूरा नभए देशैभरका चिकित्सकहरु आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले भने, ‘यो हाम्रो सांकेतिक विरोध मात्र हो। अहिले हामीले काममा बाधा नपुग्नेगरी विरोध जनाएका छौंँ। माग पूरा नभए सबै सेवा ठप्प पार्न बाध्य हुनेछौँ।’
उनीहरुले आइतबार नै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेटी यस विषयमा ध्यानाकर्षण समेत गरोका छन्।
संघले कर्मचारी समायोजन अध्यादेश चिकित्सकका लागि विभेदकारी भएको भन्दै कसैले पनि यो फाराम नभर्ने बताउँदै आएको छ। यसैगरी घेराउ कार्यक्रममा सहभागी चिकित्सहरुले सरकारले चिकित्सका कुरा नसुनेको आरोप लगाएका थिए। उनीहरूले स्वास्थ्य सेवाबाटै स्वास्थ्य सचिव राख्ने परम्परालाई सरकारले तोडेकोमा समेत विरोध जनाए। Health tv online