ताजा समाचार:
Search

नवमालिका सहकारीको साधारणसभा सम्पन्न

बिकल्प न्युज/ बेनी
पुस २२ गते   । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको नवमालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभामा मन्तब्य व्यक्त गर्नुहुदै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले सहकारी संस्थाहरुले रोजगारि सिर्जना हुने उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । सहकारी ऐन अनुसार संस्था सञ्चालन गर्न पनि अध्यक्ष रोकाले आग्रह गर्नुभयो ।

८५ जना सदस्य र ८३ लाख ७५ हजार रुपैयाँ सेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा दुई करोड ७७ लाख ८५ हजार ८७८ रुपैयाँको कारोबार गरेको र पाँच लाख चालीस हजार रुपैयाँ मुनाफा गरेको जनाएको छ ।

संस्थाका अध्यक्ष मेखबहादुर बुढाको अध्यक्षता, सचिव छवी विश्वकर्माको सञ्चालन, ऋण उपसमितिका रामबहादुर अधिकारीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सविना गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रबन्धक कुलेन्द्र फगामीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको साधारणसभामा सेयर सदस्य पूर्णप्रसाद सुवेदी र लेखा उपसमिति संयोजक बिनिता भण्डारीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभाले गाउँपालिकाको सहकारी ऐन अनुसार संस्थाको बिनियम संसोधन गर्ने र सेयर पुजीँ बढाएर एक करोड रुपैयाँ पु¥याउने निर्णय गरेको छ ।