ताजा समाचार:
Search

म्याग्दी जेसीजको अध्यक्षमा खम थापा निर्वाचित

विकल्प न्यूज/बेनी
पुस २२ गते । म्याग्दी जेसीज २०१९ को अध्यक्षमा बेनीका खम थापा निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न भएको २० औं वार्षीक साधारणसभा तथा शाखा अधिवेशनले थापालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनले बरिष्ठ कार्यकारीणी उपाध्यक्षमा भरत रकाल,कार्यकारीणी उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ,सुजन बरुवाल,महासचिव सन्दीप खत्री,कोषाध्यक्ष अर्जुन पौडेल,शाखा सम्पादक भिमनाथ शर्मा,उपाध्यक्षहरुमा रमेश आचार्य,निर्मल खत्री र सुमन बानियाँ निर्वाचित भएका छन् ।

सल्लाहकारमा दिनेश बरुवाल,शैलेस श्रेष्ठ चयन हुनुभएको छ ।
कानुनी सल्लाहकारमा नारायण बराललाई चयन गरिएको म्याग्दी जेसीजले जनाएको छ ।