ताजा समाचार:
Search

ओखरबोटका १२९ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण

विकल्प न्यूज/बेनी
पुस १३ गते । म्याग्दीको मालिका गाउँपालिकाले शुक्रबार वडा न. ४ ओखरबोटमा शुक्रबार आयोजना गरेको घुम्ती शिविर मार्फत १२९ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ ।

जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप तीन जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।

परिचयपत्रको आधारमा ६० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकहरुले स्वास्थ्य उपचार, यातायात लगायत सेवामा छुट सुबिधा पाउने व्यवस्था छ ।

अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र कार्यबिधी बनाएर उपाध्यक्ष बिटालुको संयोजकत्वमा अपाङ्गता समन्वय समिति गठन गरिसकेको मालिकाले वडा न. १ निस्कोटबाट बिहीबारदेखि परिचयपत्र वितरण सुरु गरेको थियो ।

७ वटै वडामा सञ्चालन गरिने शिविर मार्फत परिचयपत्र वितरणसँगै स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सेवा उपलब्ध गराउने मालिका गाउँपालिकाले जनाएको छ ।