ताजा समाचार:
Search

आगलागि पीडित शेरचन परिवारलाई कोरियाबाट ९२ हजार सहयोग

विकल्प न्यूज/बेनी
पुस १३ गते । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थानको जुग्जाका आगलागि पीडित चेतनारायण शेरचन परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले ९२ हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् ।

जुग्जा मालिका युवाक्लबका अध्यक्ष नरबहादुर विश्वकर्मा र सल्लाहकार गगन रसाइलीले पीडित शेरचनलाई विहिवार उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा मलिका आधारभुत विधालयका प्रधानाध्यापक रमेश कुमार फगामिले आर्थिक सहयोगले पीडित शेरचन परिवारलाई राहत मिलेको बताउनुभयो ।

गत मंसिर ८ गते शेरचनको घरमा आगलागि हुँदा घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागिबाट करिव ७ लाख रुपियाँ बरावरको क्षति अनुमान छ । आर्थिक अवस्था कमजोर शेरचनको घर पुननिर्माणका लागि सहयोगी मनहरुको खाँचो रहेको भीम मावि देविस्थानका शिक्षक यामनाथ पौडेलले बताउनुभयो ।

सहयोगी व्यक्तिहरु ः

तम बहादुर शेरचन- 100000 वन भुपेन शेरचन- 100000 वन डि बि रसाईली- 50000 वन छबिलाल घर्ती- 50000 वन राम फगामी-50000 वन चित्र फगामी-50000 वन कमल जुग्जाली-50000 वन सबै जुग्जा निवासी। नगेन्द्र मगर रुन्मा-20000 वन हेमन्त किम्बुले राई भोजपुर-2000 वन बिबिन्द्र राई उदयपुर-20000 वन दिलिप थापा अर्घाखाँची-20000 वन विकास निरौला झापा-20000 वन होम थापा मगर रामेछाप-20000 वन राम पुन रुन्मा-50000 वन शिव थारु रुपन्देही-20000 वन सन्तोष शाही कैलाली-20000 वन सविन मगर मगरदाङ-35000 वन बिनोद राना मगरदाङ-50000 वन चन्द्र राजवँशी झापा-20000 वन पबिन्द्र शेरचन मच्छिम-50000 वन दलप्रसाद भट्टचन तिकाबाङ-50000 वन तिलकमान भट्टचन तिकाबाङ-50000 वन र जयराम हुंमागाँई नुवाकोट-20000 वन