गुर्जा हिमाल आरोहण गर्न पुगेको ८ आरोहीको मृत्यु

विकल्प न्यूज/बेनी
असोज २७ गते ।

????????????????????????????????????

म्याग्दीको धौलागिरी गाउँपालिका १ गुर्जा हिमाल आरोहणमा गएको कोरियाली टोली दुर्घटनामा परेको छ । शmुक्रवरा ठूलो हावाहुरीमा परी बेपत्ता भएपछि खोजी कार्यमा गएको टोलीले शनिवार विहान ८ बजे सम्म ८ जनाको शव फेला पारेको प्रहरीले जनाएको छ ।

सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणमा गएको दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ५ जना कोरियन र ४ जना नेपाली टोली एक्कासी चलेको हावाहुरीले टेन्टसँगै उडाएपछि बेपत्ता भएका थिए । शुक्रवार एक्कासी सञ्चार सम्पर्क नभएपछि खोजीकार्यको क्रममा बेसक्याममा चलेको हावाहुरीमा पाँचजना कोरियाली र गाइड र भरिया सहित ४ जना नेपाली बेपत्ता भएका थिए ।