कमिशनको लोभमा जिल्लामा एककपि पनि नआउने पत्रिकामा बेनपाको सूचना !

विकल्प न्यूज/बेनी
असोज ४ गते ।

 कमिशनको खेलमा जिल्लामा एक कपि पनि नआउने पत्रिकामा बेनी नगरपालिकाले सूचना प्रकाशित गरेको छ । विज्ञापनबाट कमिशन पाउने लोभमा जिल्लामा नै विक्री वितरण नहुँने पत्रिकामा बेनी नगरपालिकाद्धारा सूचना प्रकाशित गरिएको हो ।page-00005

असोज २ गते नेपाल समाचारपत्र दैनिकमा फोहोर मैला व्यवस्थापन सम्बन्धि प्रस्ताव आहवन र नदी जन्य पदार्थको उत्खनन गरि विक्री वितरण तथा आन्तरिक निकासी गर्ने कार्यको बोलपत्र आहवन सम्बन्धि सूचना प्रकाशित भएका छन् । सूचना प्रकाशित भएको पत्रिका बेनीमा विक्री वितरणमा छैन । page-00007प्रमुख प्रशासकिय अधिकृत लोकनाथ भुषाल र केही जनप्रतिनिधिहरुको मिलेमतोमा कमिशनको लोभमा जिल्लामा नै विक्री वितरणमा नआएको पत्रिकामा सूचना प्रकाशित भएको एक जनप्रतिनिधिले नाम नछाप्ने शर्तमा बताउनुभयो ।  उक्त पत्रिकाको म्याग्दी संवाददाता भएपनि पत्रिका जिल्लामा विक्री वितरणमा नआएको पत्रकार प्रताप बानियाँले बताउनुभयो । म्याग्दीमा विगत तिनचारवर्ष देखि समाचारपत्र आउनछाडेको कमल स्टेशनरीका प्रोपाइटर कमल श्रेष्ठले बताउनुभयो ।

सूचना उपलब्ध गराएवापत २० देखि ३० प्रतिशत सम्म कमिशन प्राप्त हुने लोभमा कर्मचारीहरुले विज्ञापन एजेन्सीहरुको मिलेमतोमा कम गुणस्तरका पत्रपत्रिकामा सूचना प्रकाशित गर्ने गरेका छन् । यसवारेमा थप जानकारी लिन प्रशासकीय अधिकृत भुषाललाई सम्पर्क गर्न खोज्दा उहाँले फोन रिसिभ गर्नुभएन ।