न्याय माग्दै बेनीमा प्रदर्शन

विकल्प न्यूज/बेनी
भदौ ३० गते ।  41743959_1535844023228342_3169896949205696512_o बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै म्याग्दीको सदरमुकाम बेनीमा शनिबार प्रदर्शन भएको छ । प्रदर्शनमा बेनी नगरपालिकाकी उपप्रमुख सहित महिला अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । 41755135_1920337874700521_4519756568488574976_nनिधारमा कालो पट्टी सहित विभिन्न प्लेकार्ड बोकेर महिलाहरु प्रदर्शनमा उत्रिएका हुन । उनीहरुले बालिका पन्तको अत्यारालाई कानुनी कठघरामा ल्याउन माग गरेका छन् । बेनीको विरेन्द्रचोकबाट सुरु भएको प्रदर्शनमा सयौं महिलाहरुको सहभागीता थियो । 41665318_1535844396561638_39776014250803200_n