बिलबाङका पहिरो पीडितलाई थप ३० हजार राहत उपलब्ध गराउने निर्णय

विकल्प न्यूज/बेनी
भदौं ५ गते । मालिका गाउँपालिका २ रुमको बिलबाङका पहिरो पीडितहरुले प्रतिपरिवार थप ३० हजार रुपियाँ राहत पाउने भएका छन् ।

DSC_0247मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा वसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले पहिरो पीडित पाँच घरपरिवारलाई जनही थप ३० हजार रुपियाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले जानकारी दिनुभयो । DSC_0235 यस अघि पीडितहरुलाई २० हजार रुपियाँका दरले प्रशासनले राहत उपलब्ध गराइसेको छ । खाद्यन्न,लत्ताकपडा र भाडाकुडा सवै पहिरोमा पुरिएकाले पीडितहरुको जनजिवन कष्टकर भएकाले थप व्यवस्थापन गर्नका लागि उक्त रकम उपलब्ध गराईएको प्रजिअ अधिकारीले बताउनुभयो ।
साउन ३१ गते गाउँमाथि रहेको खरिवोटको पाखोबाट पहिरो खस्दा ५ घर पूर्णरुपमा पहिरोमा पुरिएका थिए । पीडितहरु अहिले छिमेकीको घरमा आश्रय लिएर वसेका छन् ।