मालिकाद्धारा परिमार्जन सहित साढे ३७ करोड बजेट पारित

गोपाल छन्त्याल/बेनी
साउन १० गते । malika333म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि साढे ३७ करोड बजेट पारित गरेको छ । बिहिबार गाउँपालिका केन्द्र दरवाङमा सम्पन्न गाउँसभाले असार १० गते दोश्रो गाउँसभामा प्रस्तुत २९ करोड २७ लाख ६१ हजार रुपैयाँ बजेटमा ३ करोड ९१ लख सञ्जित कोष र सामाजिक सुरक्षाको साढे ४ करोड थप गर्दै बजेट पारित गरेको हो ।

गाउँसभाले संञ्जित कोषको ३ करोड ९१ लाख रुपैयाँ पनि बाँडफाँड गरेको गाउँपालिकाका प्रवक्ता टँक पुनले जानकारी दिए । यसअघि गाउँसभामा गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, आन्तरिक स्रोत र चालु आर्थिक बर्ष २०७४÷०७४ मा मौज्दात रहने संचित कोषको पूर्वाअनुमान गर्दै बजेट सार्वजनिक गरेकी थिइन् । गाउँसभाका सदस्यहरुको अध्ययन र थप बजेटलाई समायोजन गर्दै बजेट पारित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए । malika5यसअघि प्रस्तुत बजेटमा संघीय सरकारको समानीकरण अनुदान ७ करोड ५३ लाख, सशर्त अनुदानबाट प्राप्त हुने १२ करोड १९ लाख, प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरे बमोजिम अर्थमन्त्रालयबाट प्राप्त हुने ५ करोड ८४ लाख, प्रदेश सरकारबाट १ करोड ३२ लाख, आन्तरिक स्रोत ३२ लाख ३६ हजार र चालु आबमा सचित कोषमा २ करोड रुपैयाँ मौज्दात हुने पूर्वानुमान थियो ।

गाउँपालिकाले पूँजीगत बजेट मध्ये १२ वटा गौरबको आयोजना छनौट गरि ३ करोड ५० लाख रुपैयाँ बिनीयोजनको निर्णयलाइृ अनुमोदन गरेको छ । जसमध्ये जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य मालिकाधुरीमा दरवाङ–विम–वायनफाँट हुदै मालिका पुग्ने सडकलाई सबैभन्दा बढी ५० लाख रुपैयाँ बजेट विनीयोजन गरिएको छ ।

दरवाङ–दिच्याम सडकलाई २२, दरवाङ–दुखुलाई २० लाख रुपैयाँ विनीयोजन गरिएको छ । यो दुई सडकलाई बिम जोडेर मालिक पुग्ने गरि रिङरोडको अवधारणा अघि सारिएको छ । गाउँपालिका कार्यालय देखि वडा कार्यालयसम्म सडकको पहुँच पु¥याउने योजनालाई गौरबको आयोजनाका रुपमा समावेश गरिएको छ ।

जस अनुसार दरवाङ देखि देविस्थान, डाँडागाउँ जोड्न ३१÷३१ लाख, रुमक, निस्कोटलाई ३३÷३३ लाख, ओखरबोट ३० र विमको वडा कार्यालय जोड्न २० लाख रुपैयाँ विनीयोजन गरेको छ । वडा नं २ रुम देखि बागलुङको ताराखोला जोड्ने सडक र ओखरबोट सिस्नेरी देखि सोलेधुरी जोड्ने सडकलाई २०÷२० लाख रुपैयाँ गौरबको आयोजना अन्र्तगत विनीयोजन भएको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।