ताजा समाचार:
Search

डाँडागाउँमा सिलाई कटाई तालीम सञ्चालन

सन्तोष गौतम/ विकल्प
दरवाङ / ग्रामिण क्षेत्रका महिलाहरुलाई सिप सिकाएर आयआर्जनतर्फ अग्रसर बनाउने उद्देश्यले मालीका गाउँपालीका ३ डाँडागाउँमा सिलाई कटाई तालीम सञ्चालन भएको छ ।IMG_3681गाउँपालीका, वडा कार्यालयको आर्थिक सहयोग र डाँडागाउँ महिला सञ्चालको आयोजनामा सञ्चालीत तालीममा १७ जनाको सहभागीता रहेको छ । जेठ ४ गतेदेखि सुरु भएको तालीम तिन महिनासम्म सञ्चालन हुने सञ्जालकी अध्यक्ष नमुना घर्तीले बताउनुभयो ।

महिलाहरुको जिवनस्तर सुधार गर्ने उद्देश्यले सञ्चालीत तालीममा सिकेको सिपको सदुपयोग गरेर ब्यवसाय गर्ने उहाँले बताउनुभयो । स्थानीय हिरा रोका पुनले दैनिक दुई वटा समूहमा तिन, तिन घण्टाका दरले सिलाई कटाई सम्बन्धि सैद्धान्तिक तथा ब्यवहारीक विषयमा सहजिकरण गर्दै आउनुभएको छ ।

तालीमको अनुगमनका लागि सोमबार डाँडागाउँमा पुग्नुभएका मालिका गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया बिटालुको टोलीलाई सहभागीले प्रबिधिमा सहयोग गर्न आग्रह गरेका थिए । तालीम सञ्चालनका लागि वडाका प्रस्तावमा गाउँपालीकाले दुई लाख पचास हजार रुपैया बिनियोजन गरेको छ ।
अध्यक्ष रोका र उपाध्यक्ष बिटालुले तालीमको प्रभावकारीताको आधारमा आगामी कार्यक्रम तय गरिने बताउनुभयो ।