विद्यालयलाई कम्प्युटर सहयोग

विकल्प न्यूज/बेनी
जेठ १२ गते ।bikalpa news

मंगला गाउँपालिका २ रणवाङमा रहेको ज्ञानोदय आधारभुत विद्यालयलाई एक परिवारले कम्प्युटर सहयोग गरेका छन् । स्थानीय जितेन्द्र पुन र नन्दकुमारी पुनले ४५ हजार रुपैया मूल्य बराबरको एक थान कम्प्युटर सहयोग गर्नुभएको हो । बिहीबार आयोजित वार्षिक परिक्षाको पुरस्कार र छात्रवृत्ती वितरण कार्यक्रममा पुनद्धयले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका जिवन कार्कीको अध्यक्षता, शिक्षीका बिना भण्डारीको सञ्चालन र अञ्जना खत्रीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा वडा सदस्य चक्रलाल पाण्डे, सचिव तिलबहादुर बि.सी, प्रअ दिलकुमारी शर्मा, चन्दादाता नन्दकुमारी पुन, भुपु शिक्षक हरिकृष्ण पौडेल र भुपु प्रअ मुकुन्द सुवेदीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।