मालिकामा भक्तजनको घुइँचो

सन्तोष गौतम/विकल्प न्यूज
मालिका १७ बैशाख । IMG_1005म्याग्दीको मालिका गाउँपालिका ६, ७ र रघुगंगा ६ को सिमा क्षेत्रमा अवस्थित मालिकामा सोमबार चण्डीपूर्णीमा पर्वको अवसरमा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।

समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा अवस्थित मालिकामा राती बाह् बजेदेखि अपराहन्नसम्म पुजाआजा भएको थियो । म्याग्दी, पर्वत, बागलुङ, कास्की, काठमाडौ लगायतका स्थानबाट करिब पाँच हजार जना भक्तजन आएका मालिका क्षेत्र विकास कोषका अध्यक्ष छकप्रसाद पाईजाले बताउनुभयो ।

मलिकाको पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने विश्वासका साथ भक्तजनहरु आउने गरेका अध्यक्ष पाईजाले बताउनुभयो । अध्यक्ष पाईजाका अनुसार चण्डी पुर्णीमा, भाईटिका, जेष्ठी पूर्णीमा र बालाचर्तुदशीमा बिशेष मेला लाग्ने गर्दछ ।

पुजालाई व्यवस्थित बनाउन कोषका पदाधीकारी, बिम, दुखु र ठाडाखानीका स्वमस्वेक, युवा कल्व, आमा समूह परिचालन भएका थिए । बस्तीदेखि टाढा रहेको मालिकामा पुजाआजा गर्ने जानेहरुको सुबिधाका लागि चार वटा टहरा बनाइएको छ ।

मालिकामा भाकल गरेमा मनोकाक्षा पुरा हुने र मागेको कुरा पुरा भएमा बोका, परेवाको बली चढाउने चलन रहेको छ । यसैगरी पछिल्लो समय दैनिक पुजा सञ्चालनका साथै बलीको विकल्पमा नरीवल चढाउन सकिने विकल्प खुल्ला गरिएको छ ।