बिमका जेष्ठ नागरिकलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ चैत । मालीका गाउँपालिका ७ बिमका जेष्ठ नागरिकहरुलाई सोमबार नगद सहित सम्मान गरिएको छ । रुपप्रसाद पुन, दल शेरपुञ्जा लगायतको पहलमा प्रवासमा बसोबास गर्ने बिमबासीहरुको पहल मा स्थापना भएको कोषबाट १०३ जना जेष्ठ नागरिकलाई पाँच सय रुपैयाँका दरले नगद सहित सम्मान गरिएको हो । Bima Old Man Samman (3)कोषका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष रेशम जुग्जालीको अध्यक्षता, सचिव सुरमान गर्बुजाको सञ्चालन र वडा सदस्य वुद्धीबहादुर जुक्जालीको स्वागत मन्तब्यमा सम्मान तथा नगद वितरण कार्यक्रम सम्पन्न भएको थियो । चार लाख सत्तरी हजार रुपैयाँको कोषको ब्याजबाट बिमका जेष्ठ नागरिकहरुलाई प्रत्येक वर्ष नगद सहित सम्मान गरिदै आएको छ ।