निस्काेटकाे एनसेल टावरमा आगजनी

विकल्प न्युज / बेनि
चैत १६ गते ।

म्याग्दीको मालीका गाउँपालीका १ निस्कोटमा रहेको एनसेल टावरमा अज्ञात समूहले गएराती आगजनी गरेका छन् । रातीको समयमा एनसेल टावरको घेराबार तोडेर आगजनी गरेका हुन् ।
एनसेल टावरको फेदमा आगो सल्काएर ब्याट्री, तार, जेनेरेटरलगायतमा क्षति पु¥याएको ईलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक दिपक बिक्रम महतले बताउनुभयो । “घटनास्थलको अवस्था हेर्दा योजनाबद्ध तरिकाले आगजनी गरेको देखिन्छ,” उहाँले भन्नुभयो, “टावर आगजनी गर्ने समूहको खोजी भइरहेको छ ।”

टावरमा आगजनी भएपछि गएरातिबाटै म्याग्दीको पश्चिमी क्षेत्रमा एनसेल मोबाइल अवरुद्ध भएको छ । जिल्लामा नमस्ते मोबाइलकै हाराहारीमा एनसेल प्रयोगकर्ता छन् ।