गुड नेवर्स ईन्टरनेशनलले स्थापना दिवस मनायो

विकल्प न्यूज/बेनी
चैत १४ गते । IMG_8770म्याग्दी सामुदायिक विकास परियोजना सञ्चालन गरेको अन्तराष्ट्रिय गैरसरकारी संस्था गुड नेवर्स ईन्टरनेशनलले बुधबार बेनीमा स्थापना दिवस मनाएको छ ।

२७ वर्षअघि दक्षिण कोरीयामा स्थापना भएको संस्थाले नेपाल बाल संगठनद्धारा सञ्चालीत म्याग्दी बालगृहका अनाथ बालबालीकाहरुलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको हो ।

संस्थाका जिल्ला संयोजक राजेन्द्र लोहार, साझेदार गैरसरकारी संस्था संगमका अध्यक्ष दिपक पौडेल र कदमका अध्यक्ष हरिप्रसाद पौडेलले ११ जना अनाथ बालबालीकाहरुलाई फलफुल वितरण गर्नुभएको थियो ।

सो कार्यक्रममा बाल संगठनका सभापति नेत्रबहादुर महत लगायत पदाधीकारी र सदस्यहरुको उपस्थिती रहेको थियो । गुड नेवर्स ईन्टरनेशनलको सहयोगमा धौलागिरी गाउँपालीकाको गुर्जा, लुलाङ, मुना, मुदी र मराङमा सन २०१३ देखि लागु भएको म्याग्दी सामुदायीक विकास परियोजनाले शिक्षा, स्वास्थ्य, आयआर्जन, पैरवी, वातावरण संरक्षण लगायतका गतिबिधि गर्दै आएको छ ।