बिम स्वास्थ्य चौकीको भवन निर्माण

विकल्प न्यूज/बेनी
चैत १० गते ।Bima Health Post Buildingमालीका गाउँपालिका ७ डाँडागाउँमा बिम स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले सुबिधासम्पन्न भवन निर्माण गरेको हो । वि.स २०७२ चैतमा भ्याट बाहेक एक करोड ७७ लाख रुपैयाँमा बिएन कन्ट्रक्सनले भवन निर्माणको ठेक्का लिएको थियो ।

भवन निर्माण, रंगरोगन, विद्युत, पानी जडान र घेराउ गर्ने काम सकिएकाले डिभिजन मार्फत भवन हस्तान्तरणको तयारीमा रहेको बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले बताउनुभयो । दुई तलामा आठ र पहिलो तलामा कर्मचारी आवासका लागि दुई वटा कोठा रहेका छन् ।

भुई तलामा बिरामीको स्वास्थ्य परिक्षण, बेड, औषधि भण्डारण, वितरण, ल्याब, प्रूसति, नाम दर्ता सहयोगी र प्रशासनीक लगायतका कक्ष रहेका छन् । पहिलो तलाको दुई वटा कोठा कर्मचारीको आवास सुबिधाका लागि बनाइएको हो । निर्धारीत समयमै भवन सम्पन्न गरेको सञ्चालक जिसीले बताउनुभयो ।

सो भवन भुकम्प प्रतिरोधी क्षमताको छ । हाल वडा कार्यालयसंगै रहेको सामुदायिक भवनबाट स्वास्थ्य चौकी सञ्चालन हँुदै आएको छ । हस्तान्तरण भएपछि नयाँ भवनबाट स्वास्थ्य संस्था सञ्चालन गरिने स्थानीय अगुवा बेगप्रसाद गर्बुजाले बताउनुभयो । नयाँ भवन बनेपछि सेवा प्रवाहमा सहज हुने अपेक्षा गरिएको छ ।