चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज
फागुन २१ गते । केन्द्रबाट लादिएको विकास प्रयासले अपेक्षित गतिलिन सकेन भन्ने अनुभवले नेपाललाई संघीय संरचनातिर डो¥याएको हो । हुन पनि २०१३ सालबाट सुरु भएको त्रिवार्षिक र पञ्चवर्षीय योजनाहरु बनाएर थालिएको केन्द्रीकृत विकास प्रयासले कहिल्यै लक्षभेदन गर्न सकेन । यद्यपि नेपालको सन्दर्भमा केन्द्रिकृत राज्य संरचनालाई संघीयतामा रुपान्तरण गर्नुपर्ने माग फरक कोणबाट उठेको हो । जनस्तरबाट उठेको आवाज र आकांक्षालाई सम्बोधन गर्नेगरी एउटा प्रदेश मात्र बनेको छ ।
बाँकी छवटा प्रदेशहरु स्थानीय विकासप्रयास स्थानीयस्तरबाटै थाल्ने उद्देश्य राखेर बनाइएका छन् भनेर बुझ्नुपर्ने भएको छ । स्थानीय आवश्यकता र सम्भावना हेरेर बुुझेर स्थानीय नेतृत्व अर्थात जनताको प्रत्यक्ष सहभागितामा स्थानीय र प्रादेशिक सरकारहरुले धरातलीय सम्भावनामा टेकेर विकास निर्माणको योजनाहरु तर्जुमा गर्ने र त्यसको कार्यान्वयनको अभ्यास पनि थाल्नुपर्ने बेला उपस्थित भएको छ । संघीय राज्यमा भएको पछिल्लो रुपान्तरणले उलब्ध गराएको महत्वपूर्ण अवसर यही हो । त्यही सन्दर्भमा चार नम्बर प्रदेश अन्तर्गतको म्याग्दी जिल्लाको वेनी नगरपालिकाको पनि खासगरेर, वेनीबजारको भविष्यनिर्माणमा केन्द्रित भएर एउटा कुरा उठाउनु आवश्यक भएजस्तो लाग्न थालेको छ ।
हिमालबाट निस्रित दुईवटा ठूलठूला नदीहरुले निर्माण गरेको साँघुरो खोचमा अवस्थित “वेनीबाजर”को सौन्दर्यमा नदीसंगमले जति आकर्षण थपेको छ त्यति नै बजारको अस्तित्वको सन्दर्भमा भने सदावहार संकटको रुपमा अविछिन्न त्रासको सञ्चार पनि गरिरहेको छ । बजारबासीहरुका वर्षायामका हरेक क्षणहरु भय, आतङ्क र त्रासदीपूर्ण बनेर रहने गरेका छन् ।
सायद बजारको जन्मदेखि नै “टाउको माथि झुण्डिएको तरबार” को रुपमा यो नियति निरन्तर छ । नचाहेर पनि यो काल बोकीरहन वेनी अभिशप्त छ । काली गण्डकीको किनारमा यतिखेर नदी नियन्त्रणको लागि चलिरहेको कङ्क्रिटवाल निर्माण कार्यले बजारबासीहरुमा अलिकता ढाडसको सञ्चार अवश्य गरेको होला । तर त्यो स्थायी र भरपर्दो समाधान भने होइन । वेनीबजारको समस्या सामान्य नदी कटानको मात्रै होइन । नदी कटानले वेनीलाई उतिधेरै क्षति नपु¥याउन पनि सक्छ ।
किनकि वेनीको भौगर्भिक वनोट कमलो माटोको छैन । बालुवा र ठूलठूला पथ्थरहरुको जगमाथि वेनीको जमिन बसेको छ । बर्खेभेलले उपरी सतह खसाले पनि जमिनको आयतन आकार भने कम हुदैन । हिउँदका दिनमा बगरमा बजारको पुर्नबास र पुनर्निर्माण हुनसक्ने सम्भावना रहिरहन्छ । त्यस्तो प्रक्रिया वेनीको सन्दर्भमा इतिहासमा अनेक पटक दोहोरिएको होला भनेर अनुमान गर्न सकिन्छ । परिस्थितिमा तात्विक फेरबदल भएन भने त्यसखालको प्राकृतिक प्रकोपहरुको कहर फेरि पनि दोहोरिनु अस्वाभाविक मानिने छैन ।
वेनीबजारको भविष्यको कुरो कोट्याउने हो भने सम्भावनाको भायावह तस्वीर उपस्थित हुन्छ । कतै ठूलो पहिरो गएर नदीहरुको जलाधार रोकिनजाँदा बन्नजाने अस्थायी तलाउको आकस्मिक विष्फोटन वा हिमतालहरुको विष्फोटनबाट उत्पन्न हुने विनासकारी बाढीले सिङ्गो बजारको अस्तित्व नै समाप्त हुनेगरी पुरिनु वा बढारिने दुुर्घटनाको सम्भावना इन्कार गर्न मिल्दैन ।
मानिसको काबुबाहिरको त्यस किसिमको प्राकृति प्रकोपबाट बच्न नसकिएला । त्यो त एउटा अशुभ चिन्ता मात्रै हो । वास्तविकतामा त्यो दिन कहिल्यै नआउन पनि सक्छ । तर सालिन्दै हुने नदी कटान भने देख्दै भोग्दै आइएको विषय हो । त्यसबाट बच्ने उपक्रममा तत्कालिक सम्भावना अनुसार प्रयत्नहरु पनि चलिरहेकै छन । यसपटक चलिरहेको तटबन्धन अर्थात नदी किनारमा पर्खाल उठाउने कार्य पनि नदीको सामान्य बहावबाट हुनसक्ने किनारा कटानको रोकथाम मात्रै हो ।
यसले वेनीबजारलाई समान्य खतराबाट केही कालका लागि अवश्य राहत दिनेछ । यो दीर्घकालीन समाधान होइन । वेनीको अवस्थिति उच्चहिमाली क्षेत्रको निकै नजिकमा रहेको हुनाले वेनीसम्म झरीसक्दा पनि कालीगण्डकी र रहुगाडको धार मथ्थर भैसकेको हुदैन । नदीको तेजधारको भार अहिले बनिरहेको पर्खाले कति समयसम्म झेल्छ भनेर अनुमान गर्न सकिदैन । किनकि यसखालको नदीवहावको प्रकृति निरन्तर गरिहिदै जाने हुन्छ । नदी गहिरिने उपक्रममा पर्खालको जग कमजोर हुदै जान्छ । यो पर्खालको कारणबाट उत्पन्न हुने अर्को खतरा अर्को किनारपट्टी झन बढी पर्न सक्छ । अर्थात म्याग्दी वेनीको संरक्षणका निमित्त बनाइएको संरचनाको परिणाम दोश्रो किनारा अर्थात पर्वत वेनीको लागि अकल्पनीय क्षतिको कारण बन्न सक्छ । वेनीबजार संरक्षण प्रयासको सन्दर्भमा यस खालको तटबन्ध निर्माण गर्ने योजना निकै पुरानो हो । पञ्चायतकालमै पनि त्यसखालको योजनाको प्रारुप बनेको थियो । त्यो जमानामा बजार संरक्षणको त्यो उत्तम उपाय थियो होला । तत्कालको प्रविधि, साधनश्रोत र विकास पूर्वाधार निर्माणका दृष्टिले त्यो भन्दा उत्तम विकल्पको कल्पना गर्न सकिदैनथ्यो होला ।
नदी किनारमा कङ्क्रिटवाल उठाएर बजार जोगाउने योजना त्यस्तो समयको उपज हो जतिबेला विकासे ठेकेदार अर्थात राष्ट्रिय पञ्चायतका उमेदवारहरुबीच एउटाले म्याग्दीमा मोटर गुडाउने योजना (सपना) को कुरा गर्दा अर्कोले “कोटको गोजीमा राखेर ल्याउनमिल्ने खेलौन मोटरको कुरा होला” भन्ने खालको छेडखानी चल्थ्यो र पनि अस्वाभाविक मानिदैनथ्यो । सडक र विजुलीको कल्पना पनि नगरिएको जमानामा बनाइएको त्यही प्रिमिटिभ योजना जस्तै हो यतिखेर बन्न थालेको “नदी किनारको पक्की पर्खाल” पनि ।
समयले अर्को कोल्टो फेरिसकेको छ । नयाँ सन्दर्भ र नयाँ युगमा नयाँ किसिमले सोच्नु जरुरी छ । त्यसैले वेनीबजारको भविष्य सुरक्षित गर्ने सन्दर्भमा पनि नयाँ ढङ्गबाट सोच्नुपर्ने र नयाँ नयाँ उपायहरुको खोजीगर्नुपर्ने बेला आएको छ । समयले “गाने, तीनमाने, हातजाने” भनेजस्तो वैकल्पिक उपयोगितायुक्त योजनाहरु निर्माण र कार्यान्वयनको सम्भावनाको ढोका खोलिदिएको छ । बजारको संरक्षण पनि हुने र त्यस योजनाको बहुउपयोगितबाट समाज लाभान्वित पनि हुनसक्ने योजनाहरुको खोजी अुनसन्धान गरिनुपर्ने आवश्यकता टडकारो देखिन थालेकोछ । उदाहरणका लागि दुर्ईवटा मध्यमखालका जलविवद्युत योजनहरुको सन्दर्भमा सोच्न सकिन्छ । त्यसो गर्दा वेनीबजारको भय सदाकालागि समाप्त हुनसक्ने र समाजले प्रर्याप्त आर्थिक लाभ पनि लिनसक्ने हुनसक्छ । हरेक बर्खायाममा बजारबासीको मुटु काम्ने र निद्रा हराम हुने परिस्थितिबाट दीर्घकालसम्म मुक्ति मिल्नसक्छ । एउटा जलविद्युत योजना गलेश्ररमन्दिरको उत्तरभागमा काली र रहुगङ्गा दुबैको पानी समेटिनेगरी नदी डाइभर्सन गरेर टनेल मार्फत मिलनचोक/लामाखेततिर पावरहाउस निर्माण गर्ने हो भने निम्नतम ५० मेघावाटको योजना बन्ने छ । दोश्रो कोटसाघँु/ओडारेको साँघुरो घाँटीबाट म्याग्दीनदीको वहावको दिशा परिविर्तन गरेर टनेलद्वारा रत्नेचौरको लामाबगरतिर पावरहाउस निर्माणको योजना बनाउने हो भने अर्को लगभग त्यत्तिनै क्षमताको विद्युत उत्पादन हुनसक्ने छ ।
ती दुई योजना सम्पन्न गर्न सक्ने हो भने बाढीको खतराबाट वेनी सदाकालको लागि मुक्त हुनेछ । संगसंगै जलविहारका लागि समेत दुइवटा सरोवरहरु उपलब्ध हुनेछन् । वेनीबजार संरक्षणका लागि भनेर सुका मोहर खर्च पनि गर्नुपर्ने छैन । यी दुई योजनाहरुले वेनी–दर्वाङ्ग र वेनी–मुस्ताङ्गको हालको सडक संरचनालाई अलिकता अवरोध पु¥याउने छन् । त्यसका निमित्त वैकल्पिक बाटो अर्थात सडकसंरचना अलि माथि उकाल्नु पर्ने आवश्यकता हुनेछ ।
पोखरामा केन्द्र रहनेगरी बनाइएको चारनम्बर प्रदेश अन्नवाली र उद्योगधन्दाको लागि उर्बर ठाउँ होइन । आर्थिक आत्मनिर्भरताको खोजी यो प्रदेशले त्यसबाहेक अन्यत्रबाटै गर्नुपर्ने हुनेछ । यो प्रदेशको उन्नति प्रगतिको मुख्य सम्भावना जलविद्युत र पर्याटन नै हो । राज्यले समेत प्राथमिता दिनुपर्ने विषय अन्तर्गत नै उल्लेखित योजनाहरु पर्न आउने सम्भावना रहेको हुनाले अर्थात जलविद्युत र पर्यटन दुबैलाई एकैसाथ टेवा पु¥याउने योजनाहरु स्वभावतः प्रदेशको प्राथ्मिकतामा पर्ने सम्भावना इन्कार गर्न मिल्दैन । नवविकल्प अंक २३ मा प्रकाशित