मविअ शर्माको नाटक ः चुहिन थालेको पुरानो भवनको मन्त्रीद्धारा उद्घाटन

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी १६ फागुन ।

महिला, बालबालीका तथा समाजकल्याण मन्त्री थममाया थापाले जनताले परिवर्तनको महशुस गर्ने गरी सेवा प्रवाह गर्न म्याग्दीका कार्यालय प्रमुख र कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।IMG_7021बेनीमा बुधबार महिला तथा बालबालीका कार्यालयको भवन उद्घाटन पछि आयोजित कार्यक्रममा मन्त्री थापाले परिवर्तीत राजनितिक परिवेशलाई आत्मसात गर्दै पुरानो संस्कार, ब्यवहार, कार्यशैली र चिन्तनबाट मुक्त भएर काम गर्न निर्देशन दिनुभएको हो ।

“अबको पाँच वर्षसम्म रहने यो सरकारले जनताको अपेक्षा अनुसार परिवर्तन, देशको विकास र आर्थिक सम्बृद्धीलाई जोड दिएर निती, योजना तथा कार्यक्रम ल्याउँछ” सरकारका प्रवत्ता समेत रहनुभएकी थापाले भन्नुभयो “सरकारको लक्ष्य पुरा गर्न कर्मचारीहरुले ईमान्दारीताका साथ कार्यशैली र ब्यवहार परिवर्तनका लागि त्याग गर्नुहोस ।”

स्थानीय तहलाई बलीयो बनाउने गरी प्रस्ट निती नियम बनाउने बताउँदै मन्त्री थापाले प्रभावकारी कार्यान्वयनका लागि कर्मचारी क्षेत्रबाट भरपुर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले महिला, बालबालीका, जेष्ठ नागरीक, अपाङ्गको लागि बस्तीसम्म मन्त्रालयको कार्यक्रम पु¥याउने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा र प्रजिअ कृष्णप्रसाद अधिकारीले समेत मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा महिला विकास अधिकृत निर्मला शर्माले भवन निर्माण, कार्यालयको गतिबिधिको बारेमा प्रतिवेदन पेश गर्नुभएको थियो । IMG_7029सहायक महिला विकास निरीक्षक लक्ष्मी कार्कीको सञ्चालन र बिन्दु शर्माको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । वि.स २०७२ मा एक करोड ३६ लाख २१ ह्जार ९७२ रुपैयाको लागतमा तिन तले भवन निर्माण भएको थियो ।

आर्थिक वर्ष २०६८६९ मा सुरु भएको भवन निर्माण कार्य समयमै सम्पन्न नगरेका कारण चार लाख रुपैया जरिवानामा परेको ठेकेदार कम्पनी महादेव खिम्ती जुम्ली जेभीले बनाएको भवन चुहिएपछि घरौटी समेत जफत गरेर कारबाही गरिएको अधिकृत शर्माले बताउनुभयो ।

२०७१ मा पाखोबाट आएको बाढीले निर्माणाधिन अवस्थामा रहेको उक्त भवनमा क्षत्ती पुराएको थियो । बर्षातको समयमा भवन चुहिने, पाखोबाट बाढी र पहिरो आउने तथा भल ब्यवस्थापनको समस्या रहेको छ । राज्य पुनसंरचनासंगै महिला तथा बालबालीका कार्यालय स्थानीय तहमा समायोजन भएर खारेज हुने अवस्थामा छ ।