शुसासन, विकास र समृद्धिलाई प्राथमिकता–मन्त्री थापा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १५ फागुन

DSC_0541महिला, बालबालीका तथा समाजकल्याण मन्त्री थममाया थापाले शुसासन, विकास, राजनितिक स्थाईत्व र समृद्धि सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

नेकपा एमाले र अनेसंघको जिल्ला कमिटिले मंगलबार बेनीमा आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले सरकारले राजनितिक स्थाईत्व र शुसासन कायम गरेर देशलाई विकास र सम्बृद्धीको बाटोमा अघि बढाउन प्राथमिकता दिने बताउनुभयो ।

मन्त्री नियुक्त भएपछि गृहजिल्लामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री थापाले जनताले बामपन्थीहरुलाई दिएको अवसरको सदुपयोग गर्न ईमान्दार भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपालमा कम्युनिष्ट नेतृत्वमा स्थीर सरकार बनाएर जनताको पक्षमा काम गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो । थापाले सपथ ग्रहण भन्दा ५ मिनेट अघि मात्र आफूलाई मन्त्रीमा नियुक्त गरिएको जानकारी पाएको बताउँदै राजनितिमा ईमान्दार र प्रतिवद्ध भएर लागेमा अवसर पाइने अनुभव सुनाउनुभयो ।

आफ्नो कार्यकालमा म्याग्दीको विकासका लागि सक्रिय भएर प्रदेश र स्थानीय तहसंग समन्वय गरेर अघि बढ्ने थापाले बताउनुभयो । मन्त्री थापालाई मंगलबारनै म्याग्दी उद्योग वाणिज्य संघले पनी स्वागत तथा सम्मान गरेका छन् ।