समृद्धिको यात्रा सुरु भयो ः मुख्यमन्त्री

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
फागुन १२ गते । DSC_0380   प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ४ नं प्रदेशमा समृद्धिको यात्रा सुरु भएको बताउनुभएको छ । प्राकृतिक स्रोतसाधनलाई उच्चतम उपयोग गरी समृद्ध प्रदेश बनाउने गरी योजना निर्माण गरीने उहाँँले बताउनुभयो ।

प्रदेश नं ४ मा जलस्रोत,पर्यटन र कृषिको प्रशस्त संभावना रहेकाले यी क्षेत्रहरुमा लगानी मैत्री वातावरण सिर्जना गरी मुलुककै नमुना प्रदेश बनाउने उद्घोष गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले जलस्रोत र पर्यटनमा पूर्वाधार निर्माणमा प्रदेश सरकारले विशेष ध्यान दिने बताउनुभयो । DSC_0395शनिवार लायन्स क्लब अफ डिस्ट्रीक ३२५ बि वानको तेस्रो क्याविनेट वैठकको उद्घाटन गर्न म्याग्दीको सदरमुकाम बेनी आउनुभएका मुख्यमन्त्री गुरुङले प्राकृतिक स्रोतसाधन र कलासंस्कृतिका रुपमा ४ नम्बर प्रदेश मुलुककै धनि प्रदेश भएकाले आगमी पाँच वर्ष भित्र शान्त,सुन्दर,समृद्ध र सभ्य प्रदेशका रुपमा विकास गरिने दावी गर्नुभयो ।DSC_0369

आफ्नो स्वार्थलाई मात्र केन्द्रीत गरेर सोच्ने संस्कृति समृद्धिको बाधक भएको बताउँदै उहाँले विकास र समृद्धिका लागि व्यक्तिवादी सोच त्याग्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री गुरुङले सत्ता र राजनीतिक दलहरुमा सहज रुपमा पद हस्तान्तरण नहुँदा विवाद र गुटहरु सिर्जना भएको बताउँदै पद हस्तान्तरणको संस्कृति लायन्सबाट सिक्नुपर्ने उहाँको भनाई थियो ।

मुख्यमन्त्री गुरुङले आर्थिक समृद्धि, शिक्षा, पर्यटन, संस्कृति, जलविद्युतलगायत हरेक क्षेत्रबाट यो प्रदेशलाई अन्य प्रदेशभन्दा प्रभावकारी रुपमा अगाडि रहेको बताउँदै उहाँले अबको पाँच वर्षमा यो प्रदेशलाई नमुना प्रदेशका रुपमा विकास गरिने बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले प्रक्रियामा मात्र अल्झीएर समृद्धि हाँसिल गर्न कठिन हुुने हुँदा नतिजामुखी योजना निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । DSC_0381समृद्धिको यात्रा जिरोबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताउँदै मुख्यमन्त्री गुरुङले भन्नुभयो ‘हाम्रा सामु सुनौलो अवसरका साथै ठूला चुनौतीहरु खडा भएका छन् । चुनौतीहरुलाई अवसरमा वदल्दै समृद्धिको यात्रा तय गुर्न छ ।’ जलस्रोत,पर्यटन र कृषिमा पूर्वाधार निर्माण प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको उहाँको भनाई थियो ।

अन्य प्रदेश भन्दा ४ नं प्रदेश विवाद मुक्त भएकाले विकासको ढोका खोल्न सहज हुने उहाँको भनाई छ । मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोरलाई समयमै सम्पन्न गर्न सके यस क्षेत्रको आर्थिक विकासमा नयाँ फड्को मार्न सकिने उहाँको भनाई थियो ।DSC_0396आवश्यक पूर्वाधारको निर्माण गरि कोरला नाका सञ्चालन गर्न केन्द्र सरकारसँग कुराकानी भइरहेको उहाँले बताउनुभयो । कोराला नाका सञ्चालन गर्न सके प्रदेश ४ को विकासमा कायपलट गर्न सकिने उहाँको भनाई थियो । प्रदेश सरकारले कृषिमा आधुनिकिकरण गरी रोजगारी सिर्जना गरिने योजना रहेको बताउनुभयो ।

आगमी पाँच वर्ष केन्द्र र प्रदेशमा स्थायी सरकार हुने भएकाले जनताका धेरै अपेक्षाहरु पुरा हुने उहाँले दावी गुर्नभयो । स्थानीय तहलाई सहज रुपमा सञ्चालन गर्नका लागि चाँढै प्रदेशले कानुन बनाउने गरि काम भइरहेको उहाँले बताउनुभयो ।