युवा क्लवको नेतृत्वमा किमचौरमा सडक मर्मत

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १७ माघ । Kimchour Road Marmat 4म्याग्दीको मंगला गाउँपालिका ५ किमचौरमा युवा क्लवको नेतृत्वमा सडक मर्मत भएको छ । किमचौरमा रहेको प्रगतिशिल युवा क्लवको नेतृत्वमा सहिद दिवसको अवसरमा मंगलबार अर्मन हुदै ताराखोला जोड्ने सडकको किमचौर खण्डमा मर्मत गरिएको छ । ९० जना स्थानीयबासीन्दाले श्रमदान गरेर तिन किलोमिटर सडक मर्मत गरेको क्लवका अध्यक्ष दिपु फगामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडकको खाल्डाखुल्डी पुर्ने, ढुङ्गा बिछ्याउने, नाली खन्ने लगायतका काम गरिएको छ । सडक मर्मत भएपछि सवारी आवत जावतमा सहज भएको छ । खेलकुद, कला र संस्कृतीको संरक्षण संगै गाउँको विकास र सामाजिक गतिबिधिमा पनि क्लबले सघाउदै आएको अध्यक्ष फगामीले जानकारी दिनुभयो ।