ताजा समाचार:
Search

मंगलामा खेलकुद विकास समिति गठन

विकल्प न्यूज/बेनी
पुस १६ गते ।mangala palikaम्याग्दीको मंगला गाउँपालिकामा युवा तथा खेलकुद विकास समिति गठन भएको छ । गाउँपालिकाको आयोजनामा शनिबार बाबियाचौरमा भएको सरोकारवालाहरुको भेलाले श्यामसुन्दर कँडेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा रुसबहादुर पुन, सचिवमा सुवास श्रेष्ठ, सहसचिवमा लक्ष्मी रोका र कोषाध्यक्षमा लवकुश जुग्जाली, सदस्यहरुमा लिलन पुन, अनिता रोका, बिरबहादुर बिक, गिमबहादुर रोका, होमबहादुर बुढाथोकी, रनबहादुर रोका, सुजत बुढाथोकी, रेविना घर्ती, मिना भण्डारी र कुमार किसान रहनुभएको छ ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेल, ३ नम्बर वडाका अध्यक्ष कबिन्द्र रोका, २ नम्बर वडा अध्यक्ष धनबहादुर खाती, ५ नम्बर वडाका अध्यक्ष भुपेन्द्र केसी र ५ वटै वडाका युवा क्लबका प्रतिनिधिहरुको उपस्थितीमा भएको भेलाबाट समिति गठन भएको हो ।

सोही भेलाले रनबहादुर रोकालाई प्रमुख र कुमार किसानलाई सहायक प्रशिक्षकको जिम्मेवारी तोकेको छ । मंगला गाउँपालिकामा खेलकुदको विकास, खेलकुद प्रतियोगिताहरुलाई व्यवस्थित खेल प्रतिभा पहिचान गरि अवसर प्रदान गर्ने उद्देश्यले समिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष रोकाले बताउनुभयो ।