ताजा समाचार:
Search

लागू औषध सहित बेनीको संगमचोकबाट युवक पक्राउ

विकल्प न्यूज/बेनी
पुस १४ गते । बेनीको संगमचोकबाट लागू औषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विहिवार दिउसो झोलामा लागू औषध लिएर हिडेको अवस्थामा प्रहरीको टोलीले युवकलाई पक्राउ गरेको हो ।

बेनपा ८ पिपलचोक स्थायी ठेगना बताउने वर्ष २२ का ति युवक माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । युवकको नाम प्रहरीले गोप्य राखेको छ ।

युवकका साथबाट रातो रंगको फाईबरको झोलाभित्र लागु औषध फेनरागन सिसि पिस थान ४५, डाईजापाम सिसि पिस थान ३७, नुर्फिन सिसि पिस थान ४७ वरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।