सन्तोष गौतम। विकल्प न्युज
म्याग्दी २२ मंसिर
प्रतिनिधि र प्रदेशसभा चुनावको मतगणनाको क्रममा म्याग्दीको तिन वटै क्षेत्रमा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका उमदे्वारको अग्रता कायम गरेका छन् ।
प्रतिनिधिसभामा बिहान दश बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका भुपेन्द्रबहादुर थापाले १५ हजार ९८० र नेपाली काँग्रेसका खम्बिर गर्बुजाले १४ हजार ८२ मत प्राप्त गर्नुभएको छ ।
४७ हजार ४४९ मत खसेकोमा हालसम्म ३२ हजार १२७ मत गणना भएको छ । प्रदेशसभा क्षेत्र (क)मा नेकपा माओवादी केन्द्रका बिनोद केसीले १० हजार ९६३ र राप्रपाका भिमप्रसाद गौचनले नौ हजार ५४७ मत प्राप्त गर्नुभएको सहयाक निर्वाचन अधिकृत राजु ढुङ्गानाले जानकारी दिनुभयो ।
प्रदेशसभा क्षेत्र (क)मा २७ हजार ६७५ मत खसेकोमा २१ हजार ७७ मत गणना भएको छ । प्रदेशसभाको क्षेत्र (ख)मा नेकपा एमालेकी नरदेवी पुनले आठ हजार ३५० र नेपाली काँग्रेसका अमलाल फगामीले छ हजार ७६५ मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा क्षेत्र (ख) मा १९ हजार ७७४ मत खसेकोमा १५ हजार ८१८ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पहिलो चरणमा मंसिर १० गते प्रतिनिधि र प्रदेशसभा चुनावका लागि मतदान भएको म्याग्दीमा बिहीबार साँझदेखि मतगणना सुरु भएको थियो ।
को कती मतले अगाडी
प्रतिनिधिसभातर्फ हालसम्म बेनपा, मंगला, रघुगंगा गाउँपालीका र अन्नपूर्ण गाउँपालीकाको मतगणना सकिएको छ । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले अध्यक्ष, उपाध्यक्ष जितेको अन्नपूर्ण गाउँपालीकामा बाम गठबन्धनले १९५ बढी मत ल्याएको छ ।
प्रतिनिधिसभामा मालीका र धौलागिरी गाउँपालीकाको मतगणना हुन बाँकी रहँदा एमालेका उमेद्वार थापा काँग्रेसका गर्बुजा भन्दा एक हजार ८९७ मतले अगाडी हुनुहुन्छ ।
प्रदेशसभा क्षेत्र (क)मा बेनी नगरपालीका र रघुगंगा गाउँपालीकाको मतगणना सकिएको छ । अन्नपूर्ण गाउँपालीकाको मतगणना सुरु भएको छ । अन्नपूर्ण गाउँपालीकाको मतगणना सुरु गर्दासम्म माओवादी केन्द्रका केसी राप्रपाका गौचन भन्दा एक हजार ४१६ मतले अगाडी हुनुहुन्छ ।
प्रदेशसभा क्षेत्र (ख)को धौलागिरी र मालीका गाउँपालीकाको मतगणना सकिएको छ भने मंगला गाउँपालीकाको ४ नम्बर वडाको बाहेकको मतगणना सकिएको छ । एक हजार ५८८ मतले अगाडी हुनुहुन्छ । प्रदेशसभा क्षेत्र खको मतगणना केही बेरमा सकिने जनाइएको छ ।