म्याग्दी महोत्सवमा स्थानीय तह स्तरीय भलिबल र बास्केटबल

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १३ मंसिर ।
आगामी पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुने छैटौ म्याग्दी महोत्सवको अवसरमा स्थानीय तह स्तरीय भलिबल र बास्केटबल प्रतियोगिता आयोजना गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा हुन लागेको महोत्सव अन्तरगत धौलागिरी क्षेत्रका गाउँ नगरपालीका स्तरीय महिला पुरुष भलिबल र बास्केटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । खेलकुद प्रतियोगिता सञ्चालनका लागि संघका सहकोषाध्यक्ष सुमन श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।ubasangपुरुष भलिबलको बिजेतालाई ७७ हजार ७७७ , उपबिजेतालाई ४४ हजार ४४४ र अनुशाषीत टिमलाई तिन हजार रुपैया नगद पुरस्कारको व्यवस्था गरिएको छ । यसैगरी महिला भलिबलमा प्रथम हुनेलाई ४४ हजार ४४४, दितृय हुनेलाई २२ हजार २२२ र अनुशाषित टिमलाई दुई हजार रुपैया पुरस्कार प्रदान गरिने संघले जनाएको छ । पुरुष बास्केटबल प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार ३३३ र दितृय हुनेलाई २२ हजार २२२ रुपैया प्रदान गरिने भएको छ ।

नगद पुरस्कारका साथै मेडल, ट्रफि र प्रमाण पत्रको व्यवस्था छ । यसैगरी खुल्ला एकल लोक नृत्य प्रतियोगिताको बिजेतालाई ११ हजार १११ र दितृयलाई पाँच हजार ५५५ तथा खुल्ला सामुहिक लोक नृत्यमा बिजेतालाई २२ हजार २२२ र उपबिजेतालाई ११ हजार १११ रुपैया पुरस्कार प्रदान गरिने संघले जनाएको छ । महोत्सवमा महिला, पुरुष लठो तान्ने, छेलो हान्ने, अन्धनिशान प्रतियोगिताका साथै जातजातीको झाँकी र भेषभुषा प्रर्दशनीको समेत आयोजना गरिएको छ ।