वाम गठबन्धनको म्याग्दीमा संयुक्त चुनाव प्रचार अभियान

सन्तोष गौतम /विकल्प न्यूज
बेनी कात्तिक ।  IMG_0040आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावका लागि तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गर्ने भएका छन् ।

नेकपा एमालेको हाँडेभिर स्थित पार्टी कार्यालयमा सोमबार बसेको २ पार्टीका सचिवालय सदस्यहरुको बैठकले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

कात्तिक ८ गते बेनीमा २ वटै पार्टीका कार्यकर्ताहरुको संयुक्त प्रशिक्षण र वाम तालमेल तथा पार्टी एकिकरण गर्ने सहमतीको स्वागतमा जलपान कार्यक्रम आयोजना गरी चुनावी प्रसार अभियान सुरु गर्ने निर्णय भएको एमालेका सचिवालय सदस्य सुरत केसीले जानकारी दिनुभयो ।IMG_0049९ गते बेनी नगरपालीका र ५ वटै गाउँपालीकामा दुवै पार्टीका कार्यकर्ताहरुको प्रशिक्षण तथा १० गते बरंजाको आरबाङबाट चुनाव प्रचार अभियान सुरु गर्ने निर्णय भएको छ । बैठकले एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, देवेन्द्र केसी, बालकृष्ण सुवेदी, देवबहादुर घले, माओवादीका गोविन्द पौडेल, शेरबहादुर केसी र चन्द्रबहादुर घिमीरे सदस्य रहेको उच्च स्तरीय चुनाव प्रचारप्रसार संयोजक कार्यदल गठन गरेको छ ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका साझा उमेद्वार सहित चुनाव प्रचार अभियान सञ्चालन गर्न कार्य तालीका समेत तय गरेको छ । कार्यकर्ता तहमा बाम तालमेल र पार्टी एकिकरणको सहमतीको विषयमा जानकारी गराउदै भावनात्मक एकतामा जोड दिई चुनाव प्रचारलाई प्रभावकारी बनाउने दुवै पार्टीका नेताहरुले प्रतिवद्धता जनाएका छन् ।umlएमाले माओवादी बाम गठबन्धनको तर्फबाट प्रतिनिधीसभामा एमालेका भुपेन्द्र थापा, प्रदेशसभाको क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका बिनोद केसी र क्षेत्र नम्बर २ मा एमालेकी नरदेवी पुन उमेद्वार बन्नुभएको छ ।

बैठकमा सहभागि नेताहरु राष्ट्रिय आवश्यकता, संबिधानको पूर्ण कार्यान्वयन, एमाले माओवादीको नेतृत्वमा भएका परिवर्तनको संस्थागत, राजनितिक स्थिरता, सामाजिक न्याय र सम्बृद्धी हासील गर्न बाम गठबन्धन तथा पार्टी एकताको सहमती भएकोमा स्वागत गर्दै कार्यान्वयनको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

 

२०६४, ७० को संबिधानसभा तथा २०७४ को स्थानीय तह निर्वाचनको मतपरिणाम, बलीयो संगठन र बामपन्थी सरकारले गरेका लोकप्रिय कामका कारण गठबन्धनको जित सुनिश्चित भएको भन्दै उच्च मनोबल र एकताको भावनाका साथ चुनावी अभियानमा जुट्न दुवै पार्टीका नेता कार्यकर्तालाई आव्हान गरेका छन् ।