बामगठबन्धन ः म्याग्दीको प्रतिनिधिसभामा माओवादीको चर्चा

विकल्प न्यूज/बेनी
कार्तिक २ गते ।

UML and Maoistआसन्न प्रतिनिधि र प्रदेश सभामा बाम तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्र विच निर्वाचन क्षेत्रको वाँडफाँडको गृहकार्यमा नेताहरु जुटेका छन् । केन्द्रबाट प्राप्त स्रोत अनुसार प्रतिनिधिसभाका लागि म्याग्दी माओवादीको भागमा परेको बुझिएको छ । राष्ट्रिय समाचारहरुमा जनाइए अनुसार म्याग्दी माओवादी केन्द्रलाई दिन एमाले सहमत भइसकेको छ ।

प्रतिनिधिसभाको निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको म्याग्दी कसको भागमा पर्दछ भन्ने कौतुल्ता यतिखेर आम म्याग्दीवासीहरुमा छ । माओवादीको भागमा परेमा माओवादीले कसलाई अगाडि सार्दछ भन्ने कुरा यतिखेर चर्चा हुनथालेको छ ।

यसलाई नेपाली काँग्रेसले पनि चासोका साथ हेरेको छ । पछिल्लो समय म्याग्दीमा काँग्रेसको संगठन बलियो मानिएका वेला वामतालमेलले काँग्रेसलाई निर्वाचन जित्न कठिन पर्ने देखिन्छ । तर तालमेलमा माओवादीलाई म्याग्दी परेमा काँग्रेसलाई केही सहज हुने अनुमान काँग्रेसहरुले गरेका छन् । यता वामतालमेललाई जसरी पनि सफल बनाउनका लागि जिल्लास्तरमा बहश र छलफल चलेको छ । स्थानीय तहको निर्वाचनलाई आधार मान्दा काँग्रेस भन्दा बामगठबन्धन करिव ८ हजार मतका साथ अगाडि देखिन्छ ।