एमाले प्रदेश नम्बर ४ बाट उम्मेदवार सिफारिस, हेरौं म्याग्दीबाट को– को परे !

विकल्प न्यूज/बेनी
असोज २५ गते ।
मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमाले प्रदेश नं. ४ को कमिटीले म्याग्दीबाट सिफारिस भएका सवै जनाको  सूचि पार्टी केन्द्रमा सिफारिस गरिएको प्रदेश कमिटिका सचिव जगत विश्वकर्माले बताउनुभयो ।

uml

जिल्ला कमिटिकले यसअघि प्रदेशसभाको क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा, जिल्ला हरिकृष्ण अध्यक्ष श्रेष्ठ, सचिव बालकृष्ण सुवेदी, सन्तोष रावल, तर्क केसी, प्रेमबहादुर कार्की, नारायण जिसी र लोकबहादुर भण्डारीको नाम सिफारिस गरेको थियो । त्यस्तै प्रदेशसभाको क्षेत्र न. २ को प्रत्यक्षतर्फ सांसद नवराज शर्मा, सांसद नरदेवी पुन, बलभद्र ढकाल, याम गर्बुजा र रेशम भण्डारीलाई सिफारिस गरेको थियो ।

यसै गरि प्रतिनिधिसभाको समानुपातीकतर्फ मुना बानियाँ, केपी अधिकारी, देउप्रसाद छन्त्याल, कृष्णकुमार बिक, होमबहादुर थापा र यसोदा रोका तथा प्रदेशतर्फ धनबहादुर गुरुङ, यामबहादुर खड्का, शंकर शेरचन, प्रेमप्रसाद रेग्मी, तेजबहादुर गुरुङ, पशुपती शाही, मिठु थापा र बिष्णु गुरुङको नाम सिफारिसमा परेका थिए ।

प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको अन्तिम टुंगो स्थायी कमिटीको वैठकले लगाउने पार्टी निर्णय छ । स्थायी कमिटीको वैठक यही असोज २७ र २८ गते काठमांडौमा वस्दैछ ।

नोट ः यस अघि प्रकाशित गरिएको समाचारमा स्रोतले अपुष्ट जानकारी दिएकाले समाचारलाई  संशोधन गरिएको छ । सम्पादक