वेष्ट प्वाइन्टको शुभकामना दौड

विकल्प न्यूज/बेनी
असोज ५ गते ।
बेनीमा रहेको न्यु वेष्ट प्वाइन्ट आवासिय माविले दसै तथा तिहार पर्वको अवसरमा बिहीबार शुभकामना दौड कार्यक्रम सम्पन्न गरेको छ । IMG_8248शुभकामना आदानप्रदान गर्ने उद्देश्यले विद्यालय परिसरबाट सुरु भएको दौड बेनी बजार परिक्रमा गरेर सोही ठाउँमा पुगेर समापन भएको थियो । सो कार्यक्रममा विद्यालयका संस्थापक, शिक्षक, कर्मचारी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

¥याली सहितको दौडमा सहभागीहरुले बजारबासीहरुलाई दसै तिहारको शुभकामना व्यक्त गरेका थिए । शुभकामना आदानप्रदान गर्नका लागि वेष्ट पोईन्टले विगत तिन वर्षदेखि शुभकामना दौड कार्यक्रम आयोजना गर्दै आएको छ ।