पात्लेखेतमा पहिरोका कारण चार घर विस्थापित १५ घर उच्च जोखिममा

विकल्प न्यूज/बेनी
साउन १९ गते । बेनी नगरपालिका १० पात्लेखेतमा पहिरो जाँदा ४ घर विस्थापित भएका छन भने १५ घर उच्च जोखिममा परेका छन् । बान्द्रे र पाखाखेत पहिरोका कारण वस्ती नै उच्च जोखिममा परेको हो ।

patlekhet paheroबुधवार रातीको वर्षाका कारण पहिरो जाँदा ४ घर पूर्ण रुपमा विस्थापित भएको वडा अध्यक्ष रिमप्रसाद रोका पुनले बताउनुभयो ।

पहिरोका कारण लाल वहादुर हमाल,खम्बी गर्बुजा,हरि गर्बुजा र खिम वहादुर सार्की घर पूर्ण विस्थापित भएको उहाँले बताउनुभयो । विस्थापितहरुलाई गाउँलेहरुको सहयोगमा सुरक्षित स्थानमा वसोवास मिलाइएको उहाँले जानकारी दिनुभयो । अहिले सम्म जिल्लाबाट कोही पनि राहत सामाग्री लिएर नआएको उहाँको भनाई छ ।
रघुगङ्गा नदीको किनारबाट सुरु भएको पहिरा पात्लेखेत गाउँ सम्म पुगेको हो । पहिरो नियन्त्रण गर्ने प्रयास भएपनि पहिरो जान रोकिएको छैन ।