जिसस म्याग्दीका प्रमुख र उपप्रमुखद्धारा पदभार ग्रहण

विकल्प न्यूज/बेनी
साउन १८ गते ।
जिल्ला समन्वय समिति म्याग्दीका नवनिर्वाचित प्रमुख देवेन्द्र वहादुर केसी र उपप्रमुख लोक वहादुर मल्लले आजदेखि आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।
मूख्य निर्वाचन अधिकृत एवम जिल्ला न्यायाधिश रामप्रसाद शर्माले शपथ ग्रहण गराएर प्रमाणपत्र प्रदान गर्नु भएपछि उहाँहरुले आजै जिससमा पदभार सम्हाल्नु भएको हो ।gss ppनिमित्त स्थानीय विकास अधिकारी रविन महर्जन लगायतका कर्मचारीले निर्वाचित पदाधिकारीहरुलाई जिससमा स्वागत गरेका थिए ।  gss padhadhikariपदभार ग्रहण गरेपछि जिससका कर्मचारीहरु सँगको परिचयात्मक कार्यक्रममा प्रमुख केसीले जनताको अपेक्षा अनुसार आफूले काम गर्ने बताउनुभयो । संविधानले दिएको क्षेत्राधिकार अनुसार जिल्लाको समग्र विकासमा आफू र आफ्नो टिमले रचनात्मक रुपमा कार्य गर्ने बताउनुभयो । जनताको अपेक्षा पुरा गर्न कर्मचारीहरुले कुनै कसर बाँकी नराखी काम गर्न उहाँले निर्देशन दिनुभएको छ ।gss p